Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा निधन भएको आमाको शव पठाउन एक दिनमै उठ्यो ३० हजार डलर

सिड्नीमा निधन भएको आमाको शव पठाउन एक दिनमै उठ्यो ३० हजार डलर


सिड्नी/ छोरा बुहारी भेट्न आउदा सिड्नीमा निधन भएकी आमाको शव नेपाल पठाउनका लागि सहयोग संकलन पुरा भएको छ । २४ घण्टा नबित्दै गो फण्ड मि र बैंक खातामा गरि ३० हजार डलर बढी रकम संकलन भएको बेनी फुटबल क्लबका बिकास गौचनले नेपालट्युबलाई जानकारी दिनुभयो । क्लबले गो फण्ड मिबाट १८ हजार २ सय र बाकी रकम क्लबको बैंक खातामा संकलन गरेको हो । ‘बैंकमा जम्मा भएको रकम ठ्याक्कै हिसाब भइसकेको छैन’- गौचनले भन्नुभयो -‘अन्य फुटबल क्लबहरुले समेत पैसा उठाइरहेकाले संकलित रकम बढ्न सक्नेछ ।’

लक्ष्य अनुसार ३० हजार डलर पुगिसकेकाले गोफण्डमी एकाउन्टमा थप सहयोग गर्न नमिल्ने बनाइएको छ भने अन्य क्लब र सहयोगीहरुलाई समेत अब सहयोग नगर्न आग्रह गरेको गौचनले बताउनुभयो । निधन भएकी आमाको छोरा सन्जिव कार्की बेनी फुटबल क्लबका खेलाडी हुन् । यत्ति छोटो समयमै ३० हजार भन्दा बढी रकम संकलन हुनु सुखद भएको भन्दै यस अभियानमा साथ दिने मिडिया र सहयोगी सबै प्रति गौचनले धन्यवाद दिनुभयो ।

छोरा बुहारी भेट्न डिसेम्बर ३१ तरिखमा ७३ वर्षिय आमा श्रीमान् संगै सिड्नी आउनु भएको थियो । आएकै दिन उहाँलाई हृदयघात भएको थियो । उपचारका क्रममा अस्ती उहाँको निधन भएको हो । बिमा नभएकाले अस्पतालको खर्च जोह गर्न समेत छोरा बुहारीलाई समस्या परेको थियो । संकलित रकमले अस्पतालको १२ हजार जति बिल र बाकी पैसाले शव नेपाल पठाइनेछ ।
आगामी शुक्रबारसम्म अस्पतालको कागजपत्र मिलाएर शव नेपाल पठाइने बेनी फुटबल क्लबले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ