Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआजबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु, विश्वभर मनाइयो ‘ न्यू इयर इभ ’

आजबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु, विश्वभर मनाइयो ‘ न्यू इयर इभ ’


काठमाडौं । आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । शनिबार साँझ पुरानो वर्षको बिदाई र नयाँ वर्ष २०२३ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

आज पनि विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाउने गरिन्छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको थियो। नेपालमा औपचारिक प्रचलनमा यो संवत् नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्नेगर्दछन् । अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गर्नेहरुका साथै पर्यटकिय क्षेत्र काठमाडौंको ठमेल, दरबारमार्ग लतितपुरको झम्सिखेल, पोखरा, चितवनको सौराह लगायतका स्थानमा नयाँ वर्षका रुपमा उत्सब मनाइएको छ ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ । इसाई धर्मावलम्बीहरुले नयाँ वर्षमा यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने गर्दछन्। विश्वभर ‘ न्यू इयर इभ ’ का नाममा यो संवत्लाई उत्सवका रुपमा मनाउने गरिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ