Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमहान फुटबलर पेले रहेनन्

महान फुटबलर पेले रहेनन्


ब्रिजवेन/२० औं शताब्दीका महान फुटबल खेलाडी पेलको निधन भएको छ । ब्राजिलका खेलाडी पेलेको ८२ वर्षको उमेरमा साउ पाउलोको एक अस्पतालमा आज बिहान निधन भएको हो । उनी केही समयदेखि क्यान्सरको उपचार गराइरहेका थिए । बिबिसीका अनुसार, पेलेलेले आफ्नो २१ वर्षे फुटबल करियरमा १२ सय ८१ गोल गरेका छन् ।

त्यस्तै देशका लागि खेलेको ९२ खेलमा ७७ गोल गरेका छन् । पेलको नेतृत्वमा ब्राजिलले तीन पटक विश्व कप फुटबलको उपाधी चुमेको थियो । उनी नै तीन पटकसम्म विश्वकप जित्ने पहिलो खेलाडी हुन् । फिफाले पेलेलाई शताब्दी खेलाडीको उपाधी समेत दिएको छ ।

 


ट्याग : #pale
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ