Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentएक हातमा बन्दुक अर्को हातमा कलम बोकेर सिर्जना, ‘तिमी सागर’ बजारमा (भिडियोसहित)

एक हातमा बन्दुक अर्को हातमा कलम बोकेर सिर्जना, ‘तिमी सागर’ बजारमा (भिडियोसहित)


काठमाडौं । सर्जकले चाह्यो भने जस्तो सुकै पेशा व्यवसाय र व्यस्ततामा भएपनि समय निकालेर सिर्जनामा रमाउन सक्छ । हो, नेपाल प्रहरीका डिआइजी टेक तामाङको हकमा यस्तै हुँदैआएको छ ।

नेपाल प्रहरी सेवाको डिआइजी समेत रहेका गीतकार तामाङ विगत लामो समयदेखी एक हातमा कर्तव्य बोधसहितको बन्दुक र अर्को हातमा कलम बोकेर निरन्तर सिर्जनामा जमिरहनुभएको छ । भर्खरै मात्र पनि गीतकार टेक तामाङको नयाँ कोसेली ‘तिमी सागर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कन्काइष्ट राईको सङ्गीत, रामकृष्ण ढकाल र मेलिना राई स्वर रहेको गीतमा साहस शाक्यको सङ्गीत संयोजन गर्नुभएको छ । गीतमा जलचक्रको माध्यमबाट हिमाल र सागरको अनवरत मिलन भए जस्तै प्रेम एक अनुभूति हो भन्ने सावित गर्न खोजिएको छ । जसलाई भौगोलिक दूरीले त्यति फरक पार्दैन भन्ने भाव झल्किन्छ । एभरेस्ट ग्यालरीको ब्यानरमा बनेको म्युजिक भिडियोमा सनम कठायत र रिचा थापाका अभिनय छ । दीपक गिरीको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियो जनक सिंहले निर्देशन गर्नुभएको छ ।

प्रहरी सेवामा अधिकृतका रुपमा जम्दैआउनुभएका गीतकार तामाङले यसअघि ‘नजिक भएर पनि’, ‘तिमीलाई माया गर्छु’, ‘आमा’, ‘जीवनसाथी’, ‘माया गरेर हेर’, ‘मै खुकुरी अघिसरी’ लगायत आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत संगितको रचनासँगै बजारमा ल्याइसक्नुभएको छ । टेक तामाङ अफिसियलबाट सार्वजनिक गरिएको ‘तिमी सागर’ बोलको पछिल्लो गीत २ दिनमै साँढे एक लाखले हेरिसकेका छन् ।

यस्तो छ म्युजिक भिडियो :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ