Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपूर्व अमेरिकी समुद्री पाइलटलाई सुपुर्दगी गर्न अष्ट्रेलिया तयार, यस्तो छ कारण

पूर्व अमेरिकी समुद्री पाइलटलाई सुपुर्दगी गर्न अष्ट्रेलिया तयार, यस्तो छ कारण


ब्रिजबेन । सम्पत्ति शुद्धीकरण र हतियार निर्यात नियन्त्रण कानून उल्लंघनको अभियोगमा पक्राउ परेका पूर्व अमेरिकी समुद्री पाइलटलाई सुपुर्दगी गर्न अष्ट्रेलिया सरकार तयार भएको छ । पूर्व अमेरिकी समुद्री पाइलट डेनियल दुग्गनलाई सुपुर्दगी गर्ने वासिङ्टनले गरेको अनुरोधलाई अष्ट्रेलियन संघीय सरकारले अनुमोदन गरेको हो ।

अमेरिकी नागरिकता त्यागेर ओरेन्जमा बस्दै आएका डेनियल दुग्गनलाई अक्टोबरमा न्यू साउथ वेल्स सेन्ट्रल वेस्टबाट गिरफ्तार गरिएको थियो । दुग्गनले सम्पत्ति शुद्धीकरण र हतियार निर्यात नियन्त्रण कानूनको उल्लंघन गरेको आरोप लगाइएपनि उनको परिवारले मुद्दालाई राजनीतिक रूपमा प्रेरित दाबी गर्दैआएको थियो । अमेरिकी सरकारले डिसेम्बर ९ मा एक सुपुर्दगी अनुरोध जारी गरेको थियो । महान्यायाधिवक्ता मार्क ड्रेफसले सुपुर्दगीको अनुरोधलाई स्वीकृत गर्ने कि नगर्ने निर्णय गर्न क्रिसमस डे सम्म कुर्नुपर्ने बताउँदै आउनुभएको थियो । यद्यपी अष्ट्रेलिया सरकार दुग्गनलाई सुपुर्दगी गर्न तयार देखिएको छ ।

पक्राउका क्रममा दुग्गनले गल्ती अस्वीकार गर्दै आफ्नो वकिल मार्फत सुपुर्दगी लड्ने बताएका थिए । दुग्गनका कानुन व्यवसायी डेनिस मिरालिसले डिसेम्बरको सुरुमा सिड्नी अदालतलाई सुपुर्दगी अनुरोध गरिएपनि असफल भएको बताउनुभयो । अब यो मुद्दा जनवरीमा मजिस्ट्रेट समक्ष आउनेछ । दुग्गनसँग संघीय अदालतको पूर्ण अदालत वा विशेष बिदा सहित उच्च अदालतमा पुनरावेदन गर्ने अवसरहरू समेत बाँकी छन्। केही मनोवैज्ञानिकहरुले ५४ वर्षीय दुग्गन गिरफ्तारी पछिको हिरासत अमानवीय भएको दाबी गर्दैआएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ