Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनमा प्रहरीको गाडीमै एक बृद्धको मृत्यु, घटना बारे अनुसन्धान सुरु !

ब्रिजबेनमा प्रहरीको गाडीमै एक बृद्धको मृत्यु, घटना बारे अनुसन्धान सुरु !


ब्रिजबेन । मंगलबार राति एक ६८ वर्षीय पुरुषको प्रहरी हिरासतमै मृत्यु भएको छ। अष्ट्रेलियास्थित ब्रिजबेन प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा साँझ ७ बजे फोर्टिच्युड भ्यालीस्थित एक घरबाट पक्राउ गरेका व्यक्ती गाडीमै बेहोस भएका हुन ।

पक्राउ गरेर ब्रिस्बेन सिटी वाचहाउसमा आइपुग्दा उनी प्रहरी गाडीमा अचेत अवस्थामा भेटिएको प्रहरीले नै बताएको छ ।घटनाबारे जानकारी प्राप्त भएसँगै स्वास्थ्य अधिकारीहरूले प्राथमिक उपचार गरेको र प्यारामेडिकहरू समेत उपस्थित भएर लामो प्रयास गर्दा पनि बचाउन नसकिएको जनाइएको छ । प्रहरी कब्जामै जीवन गुमाएका व्यक्ति विदेशी नागरिक भएको आशंका गरिएपनि पहिचान खुलाइएको छैन ।

Ethical Standards Command ले प्रहरीले पक्राउ गरेर ल्याउदैगर्दा गाडीमै भएको मृत्युको अनुसन्धान गरिरहेको छ । मृत्युको संभावित कारण बारे परिक्षा सुरु गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ