Monday, 6 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिंगो परिवार क्रिसमसको खुसीमा रम्दैगर्दा घर जलेर नष्ट, सहयोग संकलन सुरु

सिंगो परिवार क्रिसमसको खुसीमा रम्दैगर्दा घर जलेर नष्ट, सहयोग संकलन सुरु


ब्रिजबेन । क्रिसमसको खुसीमा रमाउँदै खाजा खान गएका बेला तस्मानियाको एउटा परिवारले आगलागीबाट आफ्नो घरसँगै सरसामान गुमाएको छ । लोअर ब्यारिङटनमा भएको आगलागीबाट आठजनाको तास्मानियाली परिवारको घर र त्यसमा रहेका सबै सरसामान जलेर नष्ट भएका हुन् ।

अनुसन्धानकर्ताहरूले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरेका छन् । स्थानीय डलास व्हेलनले आफ्नी छोरीको घर जल्दैगरेको सबैभन्दा पहिले देख्नुभएको थियो । आराम गरिरहेका व्हेलन श्रीमतीले ब्युँझाएपछि धुवाँ देखेर फयर स्टेशनमा खबर गरेको बताउनुहुन्छ । खबर गर्न ढिलाई भएका कारण आगोालगीको जाखिम कम गर्न सकिएन । नजिकैको शहर शेफिल्डको स्थानीय स्वयंसेवक फायर स्टेशनले पीडित परिवारको लागि चन्दा संकलन अभियान थालेको छ । परिवारका आफन्त मेघन वेलान्ड्सले कोष सङ्कलन पृष्ठ स्थापना गरेर सहयोग जुटाउने अभियान थाल्नुभएको छ ।

अहिलेसम्मको विवरण अनुसार ३ लाख डलर हाराहारी क्षती पुगेको आँकलन गरिएको छ । आगोलागीमा परेका परिवारका तीन सदस्य ब्रिगेड स्वयंसेवक भएकाले सहयोग संकलन अभियानले तिब्रता पाएको छ भने केही प्रारम्भिक सहयोग दाताहरुबाट पीडित परिवारले स्विकार समेत गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ