Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनवनियुक्त प्रधानमन्त्री ‘प्रचण्ड’लाई बधाईको ओइरो, भारतीय प्रधानमन्त्री मोदीको यस्तो अपेक्षा

नवनियुक्त प्रधानमन्त्री ‘प्रचण्ड’लाई बधाईको ओइरो, भारतीय प्रधानमन्त्री मोदीको यस्तो अपेक्षा


काठमाडौं । नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रसँगै विभिन्न देशका राष्ट्रप्रमुख, दलका नेताहरुले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई सबैभन्दा पहिला चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई आएको हो ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई ट्विटमार्फत बधाई दिनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहकार्यसहित अघि बढ्नेमा विश्वस्त पार्नुभएको छ । बधाईका क्रममा मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको न्यानो सम्बन्धलाई स्मरण गराउँदै दुइदेश बिचको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ । प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले नेपालस्थित चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएको जानकारि दिनुभएको छ ।

नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई स्वदेशका विभिन्न तह र तप्काबाट समेत सफल कार्यकालको शुभकामनासहित बधाई आइरहेको छ । विदेशका राष्ट्र प्रमुख, दलका नेताहरुले समेत बधाई दिदै सहकार्य र मित्रवत सम्बन्धलाई प्रगाढ बनाउन हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ