Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalअमेरिकामा हिमपातसँगै अत्यधिक चिसो, १० करोड बढी नागरिक प्रभावित भएको आँकलन

अमेरिकामा हिमपातसँगै अत्यधिक चिसो, १० करोड बढी नागरिक प्रभावित भएको आँकलन


काठमाडौं । अमेरिकामा अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । आर्टिक आँधीका कारण हिउँद महिनासुरू भएसँगै भारी हिमपात र चिसो हावा चलेका कारण आधा जनसंख्या चिसोको चपेटामा परेको हो ।

देशभर बिहिबार र शुक्रबार मात्रै ५ हजार ३ सय उडान रद्द गरिएका छन् । मौसमी खराबीका कारण अधिकांश विमानस्थलहरू बन्द हुने अवस्थामा रहेका छन् । क्रिसमस र नयाँ वर्षको लामो बिदा सुरू हुने भएकाले यति बेला अमेरिकामा दैनिक लाखौं मानिसहरू यात्रामा निस्किएका छन् । करिब १० करोड अमेरिकाका नागरिकहरू चिसोको चपेटामा परेको आँकलन भइरहँदा १२ वटा राज्यले चिसोबाट बच्न चेतावनी जारी गरेका छन् । राष्ट्रिय मौसम सेवाले हड्डी कठ्याङ्ग्रिने चिसो हुने चेतावनी दिदै यहि साता तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्न सक्ने चेतावनी दिएको छ । आर्टिक आँधी अमेरिका र मेक्सिकोको सिमा क्षेत्रसम्मै पुग्ने र ति क्षेत्रमा पनि तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झर्ने बताइएको छ ।

चिसोका कारण अमेरिकाका केही राज्यहरू र क्यानडामा उर्जा आपूर्ति अवरूद्ध हुन सक्ने चेतावनी यसअघि नै दिइएको छ । अमेरिकाका दक्षिणी राज्यहरु टेक्सस, फ्लोरिडामा पनि असर गर्ने आँकलन गरिएको छ । अधिकांश राज्यहरूमा ३० वर्ष यताको चिसो क्रिसमस हुने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ