Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘सिरियल किलर’ चार्ल्स शोभराज थुनामुक्त हुँदै, नेपाल फर्कन नपाउनेगरि फ्रान्स पठाइने

‘सिरियल किलर’ चार्ल्स शोभराज थुनामुक्त हुँदै, नेपाल फर्कन नपाउनेगरि फ्रान्स पठाइने


काठमाडौं । सर्वोच्च अदालतले बुधबार थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै आज केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका सिरियल किलर चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइदैछ । बिहिबार अध्यागमनमा कोठा खाली नभएपछि र शोभराज आफै बाहिरिन नमानेपछि केन्द्रीय कारागारमै राखिएको हो ।

शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा थप दुईवटा जाली राहदानी र ज्यान मार्ने उद्योगका मुद्दा भेटिएपछि के गर्ने भन्ने विषयमा कारागार व्यवस्थापन विभागले राय मागेकोमा बिहिबार नै काठमाडौं जिल्ला अदालतले शोभराजलाई सर्वोच्चको आदेश अनुसार रिहा गर्न आदेश दिएको छ । यो आदेशपछि अध्यागमन रिहाई र देश फिर्ताका थप प्रक्रियामा अघि बढेको हो । अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भैरहेको जानकारि दिनुभयो । अध्यागमनले सुरक्षाको कारण देखाउँदै राख्न इन्कार गरेपछि कहाँ राख्ने भन्ने अन्योल भने सृजना भएको छ ।

शोभराजलाई जिल्ला अदालत भक्तपुरले २०३२ साल मंसिर २८ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । शोभराज १९ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका थिए । उनले यसअघि भारतीय कारागारमा समेत कैद भुक्तान गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ