Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचिसो बढेसँगै नेपालको जनजीवन प्रभावित, हिमाली क्षेत्रमा हिमपात

चिसो बढेसँगै नेपालको जनजीवन प्रभावित, हिमाली क्षेत्रमा हिमपात


काठमाडौं । देशैभर मौसम बदलीसँगै बढेको चिसोले जनजिवन प्रभावित भएको छ । तराई मधेशका धेरै ठाउँमा हुस्सु कुहिरो लाग्दा हिमाली क्षेत्रमा हिमपातसँगै चिसो बढेको हो ।

बिहानपख चिसिएको पहाडी क्षेत्रको मौसममा दिउँसो पनि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको छ । तराईमा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने मौसमविद्ले जनाएका छन् । काठमाण्डौसहित पहाडी जिल्लामा हुस्सु कुहिरो हटेपनि पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् । यता, काठमाण्डौमा यसवषकै उच्च चिसोको रेकर्ड कायम भएको छ । बिहिबारको तुलनामा आज काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस घटेर ५ दशमलव २ डिग्रीमा झरेको छ । मौसम विज्ञान विभागले शनिबार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने पूर्वानुमान गरेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढ्दो क्रममा रहेपनि अहिलेसम्म हिउँदे वर्षा सुरु हुन सकेको छैन ।

पश्चिमी न्यून चापीय प्रणालीको असर पर्न थालेकाले शनिबार हल्का वर्षाको अनुमान गरिएको हो । यो प्रणालीका कारण आज रातिदेखि थप चिसो बढ्नेछ । हिमाली र उच्च पहाडी जिल्लामा रातिदेखि नै हिमपात हुने पूर्वानुमान गरिएको मौसमी प्रणालीमा आइतबारबाट केही सुधार देखिनेछ । बिहिबार मौसममा आएको बद्लाबका कारण केही समय उडान सेवा नै प्रभावित भएका थिए । चिकित्सकहरुले न्यायो लगाउन, झोलिलो खाएर चिसोबाट बच्न सुझाब दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ