Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनयाँ वर्षमा अष्ट्रेलियाभर नेपथ्य गुञ्जने, ब्रिजवेनमा ३१ जनवरी

नयाँ वर्षमा अष्ट्रेलियाभर नेपथ्य गुञ्जने, ब्रिजवेनमा ३१ जनवरी


ब्रिजवेन/नेपाली लोकपप संगितको अग्रणी ब्याण्ड नेपथ्यले अष्ट्रेलियाभर कन्सर्ट गर्ने भएको छ । जहाँ नेपाली त्यहा नेपथ्य भन्ने मुल नारा राखेर हुलिया इभेन्टस्ले नयाँ वर्षको अवसर पारेर अष्ट्रेलियाभर नेपथ्यको एक महिने सांगितिक यात्राको आयोजना गर्न लागेको हो ।
जनवरी १२ तारिखमा डार्बिनबाट नेपथ्यको कन्सर्ट सुरु हुन्छ । त्यसपछि तास्मानियामा जनवरी २०, मेलवर्नमा २३, एडिलेडमा २८ र क्यानवेरामा फेब्रुअरीमा ३ तारिखमा कन्सर्ट हुने हुलियाले जनाएको छ ।

त्यस्तै पर्थमा फेब्रुअरी ५ र अन्तिममा फेब्रुअरी १० तारिखमा सिड्नीमा कन्सर्ट भएर नेपथ्यको अष्ट्रेलिया यात्रा टुंगिने छ । मेलवर्नमा फोरम मेलवर्न, एडिलेडमा हिड्ले स्ट्रिट म्युजिक हल र सिड्नीमा होर्डन प्याभिलियनमा कन्सर्ट हुने छ ।

ब्रिजवेनमा ३ हजार दर्शक अट्ने हलमा गुञ्जिने नेपथ्य

ब्रिजवेनमा नेपथ्यको कन्सर्टको सहअयोजना गर्ने जिम्मा भने लाखे र माउण्ट ८८४८ इभेन्टसले संयुक्त रुपमा लिएको छ ।  ८८४८ का निर्देशक निराजन लुइटेलले दिएको जानकारी अनुसार भ्यालीको फोर्टिच्युट म्युजिक हलमा कन्सर्ट हुदैछ । हलको वेवसाइटका अनुसार त्यहा ३ हजार मानिस उभिएर कन्सर्ट हेर्न सक्ने क्षमता छ ।

आयोजक टोलीका सदस्यहरु कन्सर्ट हुने हल बाहिर

ब्रिजवेनको कन्सर्टको प्रयोजन भने एक्सपर्ट एजुकेशन एण्ड भिषाले गरेको हो । यसअघि खुल्ला गरिएको अल्र्ली बर्ड टिकट बुकिङ सोल्ड आउट भएको समेत लुइटेलले बताउनुभयो । नेपालको लोक पप संगितको चर्चित ब्याण्ड नेपथ्यको कन्सर्टले नेपाली संगितलाई अष्ट्रेलियामा निरन्तरता दिइराख्न महत्वपुर्ण भूमिका खेल्ने ८८४८ का अर्का निर्देशक सुनिल बस्नेतले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ