Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaउत्तरी एनएसडब्लुका दन्तचिकित्सकविरुद्ध अदालतमा मुद्धा, यस्तो हुनसक्छ जरिवाना !

उत्तरी एनएसडब्लुका दन्तचिकित्सकविरुद्ध अदालतमा मुद्धा, यस्तो हुनसक्छ जरिवाना !


ब्रिजबेन । अष्ट्रेलियास्थित उत्तरी एनएसडब्लुका दन्त चिकित्सकविरुद्ध अदालतमा मुद्धा दर्ता भएको छ । सन् २०२० अक्टोबर देखी २०२१ को जुलाई बीचमा अंशकालिक आधारमा कार्यरत डेन्टल असिस्टेन्टलाई कानुन अनुसार तलब, सेवा सुविधा नदिएको अनुसन्धानबाट खुलेपछि फेयरवर्क अम्बुडस्म्यानले संघीय अदालतमा मुद्धा दर्ता गरिएको हो ।

गुनासोसँगै फेयरवर्क इन्स्पेक्टरले लामो समयसम्म दन्त चिकित्सा अभ्यास र अपरेटरमाथी अनुसन्धान गरेका थिए । अनुसन्धान पुरा गरेर अदालतमा पुगेको मुद्धाको ब्रिजबेनस्थित अष्ट्रेलियाको संघीय अदालतमा २०२३ जनवरी ३० मा सुनुवाइ सूचीकृत गरिएको छ । अदालतमा दायर मुद्धाकै आधारमा निर्देशनात्मक आदेश जारी भएमा कम्पनी र अपरेटरले ६ हजार ६ सय ६० अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्नेछ ।

फेयरवर्क अम्बुडस्म्यान सान्ड्रा पार्करले कार्यस्थल कानून उल्लंघनविरुद्धको नियमन र कारबाही तिब्र पारिएको भन्दै व्यवसाय सञ्चालकहरुलाई अदालत र जरिवानाको सामनाबाट बच्न सचेत गराउनुभएको छ । पीडित कर्मचारीले कानुनी हक प्राप्त गर्न फेयरवर्क अम्बुडस्म्यानको सम्पर्कमा आएर निशुल्क सेवा लिन समेत पार्करले आह्वान गर्नुभएको छ ।


ट्याग : #660, #Dentist faces court, #East Ballina Dental, #faces a penalty of up to $6, #Fair Work Inspector, #Fair Work Ombudsman, #fairwork.gov.au
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ