Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका पूर्वप्रधानमन्त्री अमेरिकाका लागि अष्ट्रेलियाको राजदूत नियुक्त !

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री अमेरिकाका लागि अष्ट्रेलियाको राजदूत नियुक्त !


ब्रिजबेन । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड संयुक्त राज्य अमेरिकाका लागि अष्ट्रेलियाको राजदूत नियुक्त हुनुभएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले केभिन रुड नियुक्तीका लागि तयार भएको क्षणलाई अष्ट्रेलियाको इतिहासकै उत्कृष्ट कदम भएको बताउनुभएको छ ।

‘पूर्वप्रधानमन्त्री र पूर्वविदेशमन्त्रीहरु राजदूतको पद सम्हाल्न सहमत भएर अष्ट्रेलियाको साख उचो बनाउन लागिपर्नुभएको छ’, प्रधानमन्त्री अल्बानिजले बताउनुभयो । केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले सन् २०२३ को सुरुमा राजदूतका रुपमा पदभार ग्रहण गर्नुहुनेछ । राष्ट्र राष्ट्रियता, विदेश नीति लगायतका विषयमा खरो रुपमा बोल्ने रुडले सन् २०१३ मा राजनीति छाडेपछि चीनसँगको वैदेशिक सम्बन्धका बारेमा लेख्ने तथा धाराबाहिक रुपमा धारणा सार्वजनिक गर्दै आउनुभएको थियो । एशिया सोसाइटी र एसिया सोसाइटी नीति संस्थानका अध्यक्ष समेत रहनुभएका रुडले यूएन सेक्रेटरी जनरल लगायतको कुशलता पूर्वक जिम्मेवारी निभाउनुभएको छ ।

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री राजदूत नियुक्त हुन सहमत भएको यो उदाहरणिय योगदानबाट नेपालका पद र शक्तिको पछि लाग्ने स्वार्थी नेताहरुले केही सिक्नैपर्ने बहस समेत अष्ट्रेलियाको नेपाली समूदायमा चल्न थालेको छ । के नेपालका नेताहरुले यस्ता सकारात्मक योगदानलाई ग्रहण गर्दै उदाहरण प्रस्तुत गर्लान त ? चासोका साथ प्रतिक्षा गरिदैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ