Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia३६ वर्षपछि विश्वकप फुटबलको ट्रफी अर्जेन्टिनाको कब्जामा, यसरी बने मेस्सी नायक !

३६ वर्षपछि विश्वकप फुटबलको ट्रफी अर्जेन्टिनाको कब्जामा, यसरी बने मेस्सी नायक !


काठमाडौं, एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधीमाथी अर्जेन्टिनाले कब्जा जमाएको छ । आइतबार रातीको फाइनलमा पेनाल्टी सुटआउट अन्तर्गत फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको ट्रफी अर्जेन्टिनाले हात पारेको हो ।

खेल निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत बराबरी भएपछि पेनाल्टी सुटआउट मार्फत छिनोफानो गरिएको हो । पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो । अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । यता, फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । किन्सले कोम्यान र अरुलिन चुवामेनीले गोल गर्न सकेनन ।

कतारस्थित लुसिल स्टेडियममा सम्पन्न खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०८ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले व्यक्तिगत दोश्रो गोल गर्दै टिमलाई ३–२ को अग्रता दिलाएपनि खेलको ११८ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई ३–३ को बराबरीमा ल्याए ।

यसअघि निर्धारित ९० मिनेटको सुरुवाती २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पाएको पेनाल्टीको अवसरमा मेस्सीले सहजै गोल गरे । खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । यस्तै खेलको ८० औँ मिनेटमा पेनाल्टीमार्फत केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याए । खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ गोलको बराबरीमा ल्याए । यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ