Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsविश्वकप फुटबलमा लियोनल मेस्सीको नयाँ कीर्तिमान, पुरा गरे २६ खेल !

विश्वकप फुटबलमा लियोनल मेस्सीको नयाँ कीर्तिमान, पुरा गरे २६ खेल !


काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाउनुभएको छ । आइतबारको कतार विश्वकपको फाइनल खेलसँगै मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान तोड्नुभएको हो ।

आगामी खेलबाट सन्यास लिने घोषणा गर्नुभएका मेस्सीको यो विश्वकपमा २६ औं खेल हो । कतारमा जारी विश्वकपको फाइनल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा सुरुआती–११ मा पर्दै मेस्सीले लोथरको कीर्तिमान भङ्ग गर्नुमात्रै भएको छैन टिमलाई उपधी जिताउन समेत भुमिका खेल्नुभएको छ ।

यस्तै, मेस्सी फिफाको प्रतियोगितामा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी पनि बन्नुभएको छ । इटालीका डिफेन्डर पाउलो माल्दिनीका नाममा रहेको यो रेकर्ड मेस्सीले तोड्नुभएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ