Wednesday, 1 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsविश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, कस्ले मार्ला बाजी ?

विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, कस्ले मार्ला बाजी ?


काठमाडौं, एजेन्सी। कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज राति अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ ४५ बजेबाट सुरु हुनेछ ।

हालसम्म समान दुई विश्वकप जितेका दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पार्दा फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफीमाथी कब्जा जमाएको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको छ। मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप भएकाले अर्जेन्टिना ट्रफी उचाल्ने दबाब छ । यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ

। साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको ट्रफी उचाल्ने अभियानमा रहेको छ ।

यस्तो छ हेडटु हेडको अवस्था
अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल जितेको छ । ३ खेल बराबरीमा सकिएका छन् । पछिल्लो पटक २०१८ मा रुस विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४—३ गोल अन्तरले पराजित गरेको थियो ।

यता, शनिबार रातिको खेलमा मोरक्कोलाई पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलमा तेस्रो स्थान सुरक्षित गरेको छ । क्रोएसियाले मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गरेको खेलमा क्रोएसियाका लागि जोस्को ग्भार्डियोल र मिसलाभ ओरसिकले एक÷एक गोल गरे । मोरक्कोका लागि अचरफ डारीले एक गोल फर्काएपनि टिमको हार रोक्न सकेनन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ