Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नमा पहिलो पटक वल्ड दरबार भलिबल प्रतियोगिता, कस्ले उचाल्ला ट्रफी ?

मेलबर्नमा पहिलो पटक वल्ड दरबार भलिबल प्रतियोगिता, कस्ले उचाल्ला ट्रफी ?


ब्रिजबेन । द हिमालयन टाइगर्सको आयोजनामा आज मेलबर्नको डारेबिन सामुदायिक खेलकुद स्टेडियममा पहिलो पटक वल्ड दरबार भलिबल कप २०२२ आयोजना भएको छ । 857 Plenty Road Reservoir मा रहेको स्टेडियममा बिहान ९ बजे देखि ुसरु भएको प्रतियोगिता ७ बजे सम्म हुनेछ ।

प्रतियोगता लिग ढाँचामा (पूल ए र पूल बी) खुला र सिनियर तर्फका खेलहरु भैरहेका छन् । खुला विधामा क्रेगीबन ब्रिगेड एससी, युनाइटेड एफसी, टीम वल्ड दरबार, गलकोट समाज, टाइगर्स गुडलक, टाइगर्स सेल्भियो र हाम्रो कम्युनिटी गरेर जम्मा ७ टोलीहरुले सहभागीता रहेको छ । प्रत्येक पूलबाट शीर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन्। मेलबर्नमा हुन लागेको सबैभन्दा ठूलो नगद पुरस्कार राशीको प्रतियोगितामा प्रथम हुनेले नगद २ हजार र दोस्रो हुनेले नगद १ हजार डलरसहित पदक अनि ट्रफी पाउनेछन्।

मेल्बर्नमा २०१७ देखि भलिबल खेलहरु हुन नसकेका र भलिबल नेपालको राष्ट्रिय खेल भएकाले प्राथमिकता दिइएको आयोजकले बताएका छन् । अब बिस्तारै अरु पनि प्रतियोगिताहरु गराएर खेल प्रेमीहरुलाई उत्साहित बनाउने द हिमालयन टाइगर्सले जनाएको छ । यस प्रतियोगिताको मुख्य प्रायोजक वोल्ड दरबार रेस्टुरेन्ट रहेको छ । सबै क्लबहरु, सामाजिक संघ संस्था तथा ब्यबसायीहरु मिलेर नियमित रुपमा यस्ता प्रतियोगिताहरु आयोजना गर्नुपर्ने वोल्ड दरबार रेस्टुरेन्टका संचालक रमेश केसीले जानकारि दिनुभयो ।

आयोजकको तर्फबाट सचिव बिमल गुरुङले पहिलो पटक हुन लागेको भलिबल प्रतियोगितालाई साथ सहयोज र समर्थन गर्ने खेलकूद प्रेमी भिक्टोरीयन नेपाली समुदायलाई धन्यवाद दिनुभयो । पहिलो वल्ड दरबार कप भएको र वास्तवमै मेलबर्नमा भलिबलको क्रेजलाई जिवन्त राख्न भर्पुर कोशीस गरिएको गुरुङले बताउनुभयो । खानाका परिकारका साथमा फोटोसुट र फेसबुक पेजमा सेमिफाइनलबाट लाइभ गरिने गुरुङले जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ