Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने,बाहिरिए इंग्ल्यान्ड र पोर्चुगल !

विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने,बाहिरिए इंग्ल्यान्ड र पोर्चुगल !


काठमाडौं,एजेन्सी । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा मोरक्कोसँग भिड्ने भएको छ ।

अल बायत स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराएको फ्रान्स अन्तिम चारमा मोरक्कोसँग भिड्नेछ । फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । केन दोस्रो पटकको पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको यात्रा क्वाटरफाइनलमा टुंगिएको हो ।

यस्तै,शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको छ । मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहास रचेको छ । मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले ४२ औं मिनेटमा निर्णायक गोल गरे । खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिए पनि पोर्चुगलले खेलमा दबाब बढाउन सकेन ।


ट्याग : ##fifaworldcup#Footbal, #france, #Portugal, #मोरक्को
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ