Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsब्राजिल र नेदरल्यान्डलाई घर पठाउँदै अर्जेन्टिना र क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा

ब्राजिल र नेदरल्यान्डलाई घर पठाउँदै अर्जेन्टिना र क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा


काठमाडौं,एजेन्सी । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ । यसअघि अन्तिम १६ को खेलमा समेत क्रोएसियाले पेनाल्टी शूटआउटबाटै जापानलाइ घर पठाएको थियो ।

यस्तै शुक्रबार मध्यरातिको अर्को खेलमा नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । लुसेल आइकोनिक स्टेडियममा भएको नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बन्दा अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो । अब क्वाटरफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ