Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको साइबर हमलामा परेका नेपाली पासपोर्ट नयाँ बनाउन मिल्ने !

अष्ट्रेलियाको साइबर हमलामा परेका नेपाली पासपोर्ट नयाँ बनाउन मिल्ने !


ब्रिजवेन / अष्ट्रेलियाको साइबर हमलामा चोरी भएका नेपाली पासपोर्ट पनि नयाँ बनाउन मिल्ने भएको छ । क्यानबेरास्थिती नेपाली दूतावासले आज एक सुचना जारी गर्दै त्यस्ता चोरी भएका पासपोर्टहरु अर्को बनाइदिने जानकारी गराएको हो ।

पछिल्लो महिनाहरुमा दुरु संचार कम्पनी अप्टस र स्वास्थ्य बिमा कम्पनी मेडिबैंकको डाटा साइबर हमलामा पर्यो । त्यसमा नेपाली पासपोर्टधारी ग्राहकहरुको समेत विवरण अपराधीको नियन्त्रणमा पुगेको छ । नेपाट्युबले यो विषयमा निरन्तर सामाग्री प्रशारण गर्दै आएको थियो । आज क्यानबेरास्थित नेपाली दुतावासले जारी गरेको सुचनामा एक वर्ष भन्दा बढी हदम्याद बाकी रहेका पासपोर्टहरु नविकरण नहुने प्रँवधान छ । तर दुतावासको पहलमा यस्ता चोरी भएको पासपोर्टहरु अर्को बनाउन मिल्ने व्यवस्था भएको हो । त्यस्ता पासपोर्टहरु दुतावासले बिग्रीएको (ड्यामेज) अन्तगर्त शुल्क लिएर नयाँ दिने व्यवस्था गरेको हो ।

डाटा चोरीमा परेका पासपोर्ट बनाउन परेमा नियमित प्रकृया अनुसार दुतावासको वेवसाइटमा गएर इ पासपोर्टको अनलाईन बुकिङ गर्न पर्छ । पासपोर्टको विवरण भर्दा ड्यामेज भनेर लेख्नुपर्छ । तथा डाटा चोरीमा परेको भनेर प्रमाणहरु समेत बुझाउनुपर्नेछ ।
थप जानकारीका लागि दुतावासको वेवसाइट हेर्नुहोला ।

दूतावासबाट जारी सुचना



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ