Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaढुकुटीमा लाखौ गुमाउदै अष्ट्रेलियाका नेपाली, हुनसक्छ १० वर्ष जेल, सचेत बनौँ !

ढुकुटीमा लाखौ गुमाउदै अष्ट्रेलियाका नेपाली, हुनसक्छ १० वर्ष जेल, सचेत बनौँ !


ब्रिजबेन । अष्ट्रेलियामा अबैंध ढुकुटीमा नेपालीहरुले लाखौँ गुमाइरहेको तथ्य बाहिरिएको छ । नेपाल ट्युबसँग सिड्नीबाट एक नेपाली युवतीले ढुकुटी खेलेको २५ हजार डलर आफूले नपाएको गुनासो गरेसँगै यस्तो रहश्य बाहिरिएको हो ।

अबैंध कारोबार गर्दा पीडित भएको भनिएकी युवतीको गुनासोपछि हामीले ढुकुटी कारोबारीका नाइकेलाई समेत सम्पर्क गर्यौँ । प्रतिष्ठित घरजग्गा कारोबारी समेत रहेका ती व्यक्तिले आफूलाई समेत अरुले किस्ता नतिर्दा कारोबार बिग्रिएको जवाफ मात्रै दिएनन आफ्नो गाडी बेचेर भएपनि दिनुपर्नेहरुलाई रकम दिने प्रतिबद्धता जनाएका छन् । नेपालमा घर व्यवहार चलाउन, बालबालिकाको शुल्कको जोहो गर्न चिनेजानेका व्यक्तिहरुबीच लुकिछिपी ढुकुटी खेल्ने प्रचलन अहिले पनि विद्यमान छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले समेत नेपालबाटै सिकेको ढुकुटी कारोबारलाई निरन्तरता दिने गरेको पाइएको छ । नेपालमा बैंकिङ कसुर ऐन २०६४ ले ढुकुटी खेल्नुलाई गैह्रकानुनी मानेको मात्रै छैन । संलग्नहरुमाथी १२ वर्षको जेल सजायको समेत व्यवस्था छ ।

अष्ट्रेलियामा यस्तो छ कानुनी व्यवस्था :
अष्ट्रेलियामा समेत ढुकुटी खेल्नु गैह्र कानुनी मानिन्छ । बैंकिङ एक्ट १९५८ ले अनमती वा दर्ता बिनाको आर्थिक कारोबार, ढुकुटी लगायतलाई गैह्र कानुनी भनेको छ । यस्तो गतिबिधिमा संलग्नहरुमाथी कसुर अनुसार २ देखी १० वर्षसम्मको जेल सजाय हुनसक्ने इनोभेटिभ एशोसियट्स सिड्नीका एकाउन्टटेन्ट डिला खरेलले जानकारि दिनुभयो ।

ढुकुटी खेल्ने खेलाउने वा सहभागि हुने जो कसैको बैंक खाता बन्द हुनसक्ने, कारोबारीहरु जेल जानुपर्ने अवस्था आउनसक्ने भएकाले यस्ता गतिबिधिमा संलग्न नहुन सबैलाई सचेत गराइएको छ । घर व्यवहार चलाउने वा बालबालिकाको शुल्क जोहो गर्ने ढुकुटी खेल्दा तपाई पनि जेल जानुहोला, सबै सचेत बनौँ ।


ट्याग : #Dhukuti in Australia #nepaltube #saralgurung #dhukuti #news #foryou #finance #thagi #australia #nepali
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ