Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा घरेलु हिंसामा परे १० दिनसम्म तलबी बिदा पाईने

अष्ट्रेलियामा घरेलु हिंसामा परे १० दिनसम्म तलबी बिदा पाईने


ब्रिजवेन/ आगामी वर्षदेखि अष्ट्रेलियामा घरेलु हिंसामा परेकाहरुले १० दिनसम्म तलबी बिदा पाउने भएको छ । फेयरवर्क एम्बुडस्म्यानले जारी गरेको सुचना अनुसार १५ जना वा यो भन्दा बढी कर्मचारी भएको कम्पनीले यो नियम सन् २०२३ फेब्रुवरी १ तारिखबाट लागु गर्नेछन् ।

त्यस्तै १५ भन्दा कम कर्मचारी भएका साना व्यवसायले भने सन् २०२३ को अगष्ट १ तारिखबाट यो नियम लागु गर्नेछन् ।
फुलटाइम, पार्ट टाइम र क्याज्युअल सबै प्रकारका कामदारले घरेलु तथा पारिवारिक हिंसामा परेमा वर्षको १० दिन तलबी बिदा पाउने भएका हुन् । यस्तो तलबी बिदा एक वर्ष भित्र नलिए अर्को वर्ष थपिदैन ।

यो नियम लागु भएपछि पहिलो १२ महिनासम्म यसले साना व्यवसायमा पार्ने असरबारे निगरानी गरिने समेत फेयरबर्कले जनाएको छ । यो नियम लागु नभएसम्म घरेलु हिंसामा परेका कामदारले ५ दिनसम्म बेतलबी बिदा लिन सक्ने नियम यथावत रहनेछ ।

घरेलु हिंसामा परेका कामदारले आफ्नो र आफ्नो परिवारको सुरक्षाको व्यवस्था गर्न, अदालतमा जान, प्रहरीको सेवा लिन, काउन्सेलिङ र कानुनी सेवा लिन तथा उपचारका लागि जान १० दिन तलबी बिदा लिन सक्नेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ