Sunday, 5 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबिदेशबाटै नेपाली म्युजिक भिडियोमा ठुलो लगानी, “स्वप्निल क्रिएशन”को सफलताको कथा !

बिदेशबाटै नेपाली म्युजिक भिडियोमा ठुलो लगानी, “स्वप्निल क्रिएशन”को सफलताको कथा !


काठमाडौं । पछिल्लो समय म्युजिक भिडियोमा ठुलो लगानी गर्ने कम्पनीहरु उदाउँदै छन् । तीनै कम्पनी मध्ये एक हो “स्वप्निल क्रिएशन” जसले पछिल्लो म्युजिक भिडियो टाढा भएपनि २ फिमेल भर्सनमा झण्डै १४ लाख लगानी गरेको छ । यो कम्पनीले भिडियो मा ९ लाख र अडीयोमा ६ लाख लागानी गरिएको छ।

कोरियामा इपिएसमार्फत पुगेका संगीतप्रेमि सर्वजित राई उर्फ राई प्रिन्स “स्वप्निल क्रिएशन” संचालक हुनुहुन्छ । उहाँले ठुलै चुनौती मोलेर म्युजिक भिडियोमा लगानी गर्ने गरेको बताउनुभयो । स्वप्निल क्रिएशनले यसअघि पनि तिमिले चुमेका हातहरु, सानो चोट लगायत गीतमा पनि लाखौं लगानी गरेको थियो । ‘कोरियामा बसेर कमाएको सबै नेपाली संगीतमा लगानी गर्न चाहान्छु, राम्रो लगानी गर्यो भने प्रतिफल पनि राम्रै हुँदोरहेछ, सर्वजित भन्नुहुन्छ, अहिलेसम्मका सबै कामहरुलाई दर्शक श्रोताले मन पराएर साथ दिनुभएको छ ।’ आगामी दिनमा नेपाली चलचित्र उद्योगमा पनि लगानी गर्ने स्वप्निल क्रिएशनको योजना छ ।’ पैसा धेरै भएर भन्दा पनि जति कमाइएको छ हाम्रै क्षेत्रमा लगानी गर्दा सबैले रोजगारी पनि पाउने, काम राम्रो भए प्रतिफल पनि पाउने भएकाले मैले बिना हिच्कीचाहट लगानी गरेको हो,’ सर्वजितले सुनाउँनुभयो ।

स्वप्निलको पछिल्लो म्युजिक भिडियोले पनि दर्शक श्रोताको राम्रै साथ पाएको छ । भिडीयोमा मुना मदनको कथा जस्ताको तेस्तै देखाइएको छ। भिडीयो हेर्नूहुने दर्शक भाबुक बन्नुभएको छ । निर्देसक विकास प्रसाईं भन्नुहुन्छ मुना मदनको कथा मात्र पढ्दा जो कोहि पनि भाबुक हुन्छन र तेति लामो कथा ८ मिनेट भित्र सकाउन चुनौती थियो त्यो पनि सम्बाद बिना म्युजिक भिडेयो भित्र १ साझा प्रकासन सङ अनुमती लिएर करिब एक महिना नै कथालाई स्कृप्टमा उत्कृस्ट सैलिमा मर्म र भावना प्रस्ट पार्ने गरि कोर्न समय लागेको बताउनुभयो । एस भिडीयोमा प्रीएन्का कार्की र आयुसमान जोशी मुना र मदनको जोडि देख्न पाइन्छ । उक्त भिडीयो एति मजाले पर्स्तुत गरिएको छ कि जो कोहि दर्सकको आखा रसाएको देखिन्छ ।

आफुले बनाउन खोजेको भीजुवलाइजेसन जस्ताको तेस्तै प्रस्तुत गरिदिन साथ दिनु हुने डीओपी जितु तामाङ्गलाई विशेष धन्यबाद दिनुभएको छ । उर्गेन दोङको शब्द,संगीत रहेको गीतमा अस्मिता अधिकारीको स्वर रहेको छ । साथै सहयोगी कलाकारका रुपमा सौभाग्य सिंह राई, सगुन तामाङ, सुदर्शन सिग्देल, देवि पौडेल, र निर्देशक विकास प्रसाईं आफैले पनि म्युजिक भिडियोमा भुमिका खेलेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ