Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका कलेजमा आवेदन दिएका ३७ प्रतिशत नेपाली विद्यार्थीको भिषा लाग्दै, ५ वर्षको भिषा यस्तो छ ।

अष्ट्रेलियाका कलेजमा आवेदन दिएका ३७ प्रतिशत नेपाली विद्यार्थीको भिषा लाग्दै, ५ वर्षको भिषा यस्तो छ ।


ब्रिजवेन/पछिल्लो चार महिनामा नेपालबाट अष्ट्रेलियाको भेट कलेजहरुमा आवेदन दिएका ३७ प्रतिशत विद्यार्थीको भिषा लागेको तथ्यांक बाहिर आएको छ ।
डाटा अष्ट्रेलियामा उपलब्ध विवरण अनुसार जुलाईदेखि अक्टोबरसम्म ४ महिनामा नेपालबाट भेट कलेजका १८ सय ३४ विद्यार्थीले भिषा आवेदन दिएका थिए । ती मध्ये ६ सय ८७ जनाको मात्र भिषा लागेको छ । ११ सय ४७ जनाको भिषा स्विकृत नभएको डाटामा उल्लेख छ ।

गत आर्थिक वर्ष सन् २०२१- २२ मा भेट कलेजमा भिषा हालेका ४१ प्रतिशत नेपाली विद्यार्थीको भिषा लागेको थियो । यस आर्थिक वर्षको पहिलो ४ महिनामा भेट कलेजमा भिषा लाग्ने क्रम अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत मात्र घटेको छ । वर्ष सकिने बेलामा भिषा लाग्ने दर अघिल्लो वर्षको तुलनामा उस्तै रहन सक्ने देखिन्छ ।

संख्याका हिसाबले भने अघिल्लो वर्ष भेट कलेजमा भिषा हाल्ने विद्यार्थीका संख्या निकै बढी छ । गत आर्थिक वर्ष सन् २०२१- २२ मा नेपालबाट भेट कलेजमा पढ्न भन्दै १४ हजार ४ सय ३२ ले भिषा हालेका थिए । ती मध्ये ५ हजार ९ सय ४३ जनाको भिषा लागेको थियो ।

त्यस्तै पछिल्लो ४ महिनामा उच्च शिक्षा पढ्नका लागि भिषा आवेदन दिएका ६३ प्रतिशत नेपाली विद्यार्थीको भिषा लागेको छ । ३७ प्रतिशत नेपाली विद्यार्थीको भिषा लागेको छैन । उच्च शिक्षाका लागि चार महिनामा नेपालबाट ७ हजार १ सय ७ जनाले भिषा हालेका थिए । उनीहरुमध्ये ४ हजार ९ सय ७६ जनाको मात्र भिषा लागेको हो । गत वर्ष उच्च शिक्षा पढ्न आउने विद्यार्थीको भिषा लाग्ने दर ७० प्रतिशत थियो । पछिल्लो ४ महिनामा ७ प्रतिशत दर घटेको हो । १७ हजार ३ सय ५९ जनाले उच्च शिक्षा पढ्नका लागि भिषा हालेकोमा १२ हजार १ सय ४९ जना भिषा पाएका थिए ।

पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा

नेपालबाट भेट केलजेको भिषा अवस्था Source- Data Australia
नेपालबाट उच्च शिक्षाको भिषा अवस्था Source- Data Australia



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ