Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको पर्थबाटै देखियो सगरमाथा, लाखेसँगै मौलिक नाचमा यसरी रमाए अष्ट्रेलियनहरु !

अष्ट्रेलियाको पर्थबाटै देखियो सगरमाथा, लाखेसँगै मौलिक नाचमा यसरी रमाए अष्ट्रेलियनहरु !


ब्रिजबेन । अष्ट्रेलियाको पर्थमा भब्य कार्यक्रम गरेर नेपाल फेस्टिभल सम्पन्न भएको छ । पर्थ राज्य सरकारका मन्त्रीदेखि संसद्, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष लगायतका पदाधिकारी र स्थानीय संघ संस्थाका प्रमुख प्रतिनिधिसँगै अस्ट्रेलियाका स्थानीयहरुको समेत उल्लेख्य सहभागिता भएको फेस्टिभलमा नेपाली भेषभुषा, कला, संस्कृति, खानपान, रहनसहनको प्रदर्शनीले सिंगो नेपालको झल्को दिएको थियो ।

मोरिट स्टेट महलमा सम्पन्न फेस्टिभलले सिंगो नेपालको झल्को दिएको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवंम पश्चिम अष्ट्रेलियाका संयोजक दिपक बस्नेतले जानकारि दिनुभयो । नेपाली मौलिक बाँजाको धुनमा झाँकीहरुसहित मुख्य बजार परिक्रममा गर्दा स्थानीयले निक्कै चासोका साथ नेपाली पर्व नियालेका थिए । नेपाली खानपानसँगै सांस्कृतिक कार्यक्रमको मज्जा लिन समेत स्थानीयको निक्कै बाक्लो उपस्थिति देखिएको थियो ।

पर्थमो आयोजित यो दोश्रो नेपाल फेस्टिभलले अष्ट्रेलियामा बसोबास गर्दैआएका नेपालीमा आफ्नो कला, संस्कृति, मौलिकताको सञ्चार गराउनु मुख्य उदेश्य रहेको थियो । यस्तै नेपाली समूदायलाई नेपाली मौलिकतासहित एक ठाउँमा भेला गराएर एकिकृत गराउनु र अष्ट्रेलियनहरुलाई नेपाल भ्रमणका लागि उत्साहित बनाउन समेत नेपाल फेस्टिभलले उल्लेख्य सहयोग पुर्याउने विश्वास गरिएको छ । नेपाल फेस्टिभलमा लक्ष्य अनुसार नै १० हजार बढीको उपस्थिति रहेको आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ