Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिसेम्बर १२ बाट अष्ट्रेलियामा दोस्रो ओमिक्रोन–विशेष खोप अभियान, कोरानाको त्रासदी कायमै !

डिसेम्बर १२ बाट अष्ट्रेलियामा दोस्रो ओमिक्रोन–विशेष खोप अभियान, कोरानाको त्रासदी कायमै !


ब्रिजबेन । कोरोना भाइरसका केसहरु बढ्दो क्रममा रहेको अष्टेलियामा तेस्रो र चौथो बूस्टरको रूपमा नयाँ खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य मन्त्री मार्क बटलरले फाइजर कमिर्नाटी बिभ्यालेन्ट ओरिजिनल÷ओमिक्रोन बीएडटवान खोपलाई १८ वर्ष र माथिका अष्ट्रेलियालीहरूका लागि तेस्रो र चौथो डोजको रूपमा अनुमोदन गरिएको जानकारी दिनुभएको हो ।

अष्ट्रेलियाको प्राविधिक सल्लाहकार समूह अन इम्युनाइजेसन (एटीएजीआई) बाट प्रारम्भिक स्विकृती मिलेको यो खोपलाई अष्ट्रेलियामा दोस्रो ओमिक्रोन–विशेष खोप भनिएको छ । यो खोप अभियान डिसेम्बर १२ बाट सुरु हुने स्वास्थ्य मन्त्री बटलरले जानकारी दिनुभएको छ । मन्त्री बटलरले नयाँ अनुमोदित खोपहरूको ४ दशमलब ७ मिलियन डोजहरू अर्को दुई हप्तामा दुई वटा ढुवानीमार्फत आइपुग्ने र उपचारात्मक सामान प्रशासनद्वारा ब्याच–परीक्षणपछि वितरण गरिने बताउनुभएको छ । एटीएजीआईले पीफाइजरको ओमिक्रोन खोप अष्ट्रेलियामा उपलब्ध वा सिफारिस गरिएको बुस्टर डोजमा थप्न सकिने जनाएको छ ।

यस्तै स्वास्थ्य मन्त्री बटलरले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरूका लागि फाइजर पेडियाट्रिक भ्याक्सिन लगाउने सिफारिसलाई एटीएजीआईले स्वीकृति दिएको र अर्को वर्षको जनवरीको मध्यतिरबाट यो खोप उपलब्ध गराइने बताउनुभएको छ । गम्भीर रूपमा इम्युनो कम्प्रोमाइज र विशेष स्वास्थ्य अवस्था भएकाहरुलाई यो खोप लाभदायक हुने बताइएको छ ।

उच्च चिसोको सामना गर्नुपरेको अष्ट्रेलियामा अहिले पनि कोरोना भाइरसका केसहरु उच्च देखिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार १९२ नयाँ संक्रमित थपिदा ११ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ