Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपर्थमा नोभेम्बर २७ र २८ मा पासपोर्ट बनाउने घुम्ती सेवा, आज खुल्दै फारम

पर्थमा नोभेम्बर २७ र २८ मा पासपोर्ट बनाउने घुम्ती सेवा, आज खुल्दै फारम


ब्रिजवेन/ इ पासपोर्ट बनाउन दुतावास नै आउनुपर्ने भएकाले टाढा रहेका राज्यहरुमा घुम्ती सेवा संचालन भइरहेको छ । यसअघि तास्मानिया र ब्रिजवेनमा घुम्ती सेवा संचालन भइसकेको छ । नोभेम्बर २७ र २८ तारिखमा इपासपोर्ट बनाउने घुम्ती टोली पर्थ आइपुग्ने भएको छ । जसका लागि इच्छुकले १५ नोभेम्बर दिउसो दुतावासको वेवसाइटमा गएर अनलाईनबाट फारम भर्नपर्छ ।
हरेक महिनाको १५ तारिखमा मात्र फारम खुल्ने भएकाले आज केही बेरमा यो लिंकमा गएर फारम भर्नुपर्छ । फारम भर्दा जुनै मिति पाएपनि घुम्ती सेवामा गएर पासपोर्टको काम गर्न सकिने दुतावासले जनाएको छ । फारम भरेपछि त्यसमा उपलब्ध बारकोड र पुरानो पासपोर्टको फोटो खिचेर दुतावासको वेवसाइटमा पठाउनुपर्ने छ । त्यसपछि घुम्ती सेवाका लागि वेष्टर्न अष्ट्रेलियाका नेपाली महावाणिज्यदूत फ्रेड ब्राउन र एनआरएनए संयोजक दिपक बस्नेतलाइ सम्पर्क गर्नुपर्नेछ ।
घुम्ती सेवा दिने स्थान तय भइसकेको छैन ।

घुम्ती सेवा बारे दुतावासले निकालेको सुचना यस्तो छ ।

पर्थ (Perth) मा घुम्ती सेवा सञ्चालन गर्नेसम्बन्धी अत्यन्त जरुरी सूचना ।

क्यानबेराबाट टाढा रहेका अष्ट्रेलियाका विभिन्न राज्यहरूमा बसोबास गर्दै आउनुभएका नेपालीहरूलाई राहदानी तथा अधिकृत वारिसनामासम्बन्धी घुम्ती सेवा प्रदान गर्ने योजनाअनुरूप पर्थ (Perth) मा निम्न मिति र समयमा निम्नअनुसारका सेवा उपलब्ध गराइने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ ।
E-Passport Application :
Date: 27 November 2022 (Time: 09:00 hrs-16:00 hrs) (अधिकतम २८ जना)
Date: 28 November 2022 (Time: 09:00 hrs- 16:00 hrs) (अधिकतम २८ जना)
Venue: TBC
Power of Attorney:
Date: 27 November 2022 (Time: 16:00 hrs-18:00 hrs)
Date: 28 November 2022 (Time: 16:00 hrs- 18:00 hrs)
Venue: TBC
नाम दर्ता (Registration) का लागि सम्पर्क:
Mr. Fred Brown, Honorary Consul-General of Nepal, Perth: 0408030477
Mr. Dipak Basnet, Vice President, NRNA, Western Australia: 0430925597
घुम्ती सेवामा विद्युतीय राहदानी (e-Passport) को आवेदन दिने तरिका
– दूतावासको वेब पेजमा दिइएअनुसार https://emrtds.nepalpassport.gov.np/ मा गई राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । फाराम भर्दा आवेदन दिने स्थान NE, Canberra छनौट गर्नुहोस् । माथि उल्लिखित मितिमा समय उपलब्ध नहुन सक्छ । तसर्थ November महिनाको उपलब्ध कुनै पनि मितिमा Appointment छनौट गर्नुहोस् । (नोभेम्बर महिनाको appointment booking अक्टोबर १५ मा खुला हुनेछ ।)
– Appointment Date and Time छनौट गरिसकेपछि अनलाईन फाराम भर्नुहोस् र सबै विवरण भरिसकेपछि PDF फाराम Download गर्नुहोस् ।
– डाउनलोड गरिएको फारामको दायाँपट्टि छेउमा र bottom मा बारकोड हुन्छ । उक्त बारकोडसहितको फारामको clear photo वा PDF copy, राहदानीको फोटोकपी र नागरिकताको फोटोकपी attach गरी October 31 अगावै Verification का लागि दूतावासको इमेल consular.canberra@mofa.gov.np मा पठाउनुहोस् ।
(दूतावासद्वारा फाराम verification नगरी तपाईँले भर्नुभएको details/data लाई retrieve गर्न नसकिने र सो नभई biometrics लिन नसकिने भएकोले आवेदन दिन सकिँदैन । अतः फारामलाई verification को लागि अनिवार्य रूपमा अक्टोबर ३१ भित्र दूतावासमा पठाउनुहोस् ।
– डाउनलोड गरिएको फारामको प्रिन्ट प्रति तथा अन्य आवश्यक कागजातसहित माथि उल्लिखित तोकिएको स्थान र समयमा स्वयं आउनुहोस् । Venue पछि तोकिने छ । (फाराम भर्दा छनौट गरेको मितिमै आउनुपर्ने होईन)
– तोकिएको स्थानमा तपाइँको राहदानी आवेदनका लागि आवश्यक कागजातहरू रूजु भइसकेपछि तोकिएको fee नगदमा बुझाउनुपर्नेछ ।
– राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया, आवश्यक कागजात दूतावासमा नियमित आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ । यसका लागि https://au.nepalembassy.gov.np/passport/ र फाराम भर्दा केही confuse भएमा https://au.nepalembassy.gov.np/faqs/ मा हेनुहोस् ।
५ वर्ष वा सोभन्दा कम उमेरका नाबालकहरूको e-Passport application हुलाकबाटै पठाउन सकिने भएकोले त्यस्ता आवेदकहरूलाई घुम्ती सेवा उपलब्ध नहुने ब्यहोरा जानकारी गराइन्छ ।
E-Passport application का लागि आवश्यक कागजातहरूः
नाबालक (Minor) हरूको राहदानी नवीकरणका लागि
१. नाबालक परिचयपत्र सक्कल वा सोको प्रष्ट बुझिने फोटोकपी (नाबालक परिचयपत्र बनाइनसकेको भए अष्टेलियन जन्म दर्ता प्रमाणपत्र र सोको फोटोकपी)
२. हालको राहदानी सक्कल
३. Valid Visa
वयस्क (Adult) हरूको राहदानी नवीकरणका लागि
१. नेपाली नागरिकता प्रमाणपत्र सक्कल वा सोको प्रष्ट बुझिने फोटोकपी
२. हालको राहदानी सक्कल
३. Valid Visa
हराएको राहदानी replacement का लागि
१. नेपाली नागरिकता प्रमाणपत्र सक्कल वा सोको प्रष्ट बुझिने फोटोकपी
२. हराएको राहदानीको फोटोकपी
३. Valid Visa
४. स्थानीय प्रहरीलाई राहदानी हराएको सम्बन्धमा report गरेको प्रमाण
Damaged passport को replacement को लागि
१. नेपाली नागरिकता प्रमाणपत्र सक्कल वा सोको प्रष्ट बुझिने फोटोकपी
२. Damaged passport सक्कल
३. Valid Visa
घुम्ती शिविरमा राहदानी आवेदकहरूको प्राथमिकीकरण (Prioritization) का आधारहरूः
Online बाट appointment प्राप्त गरेका आवेदक (applicant) हरूमध्ये देहायका आवेदक (applicant) ले प्राथमिकता पाउने र आवेदकहरू तोकिएको सङ्ख्याभन्दा बढी भएमा घुम्ती सेवा दिन नसकिने ब्यहोरा जानकारी गराइन्छ ।
१) शारीरिक रूपमा अस्वस्थ र अशक्त भई यात्रा गर्न असहज अवस्थामा रहेका आवेदकहरू
२) भर्खरै नेपालबाट आई राहदानी हराएका/Damage भएका विद्यार्थीहरू
३) राहदानी नवीकरण नभएका कारण भिसा renew गर्न नपाई अप्ठ्यारोमा परेका आवेदकहरू
४) तत्काल राहदानी नवीकरण गर्नुपर्ने तर newly born baby का कारण दूतावाससम्म आउन नसक्ने आमाहरू
अधिकृत वारिसनामा प्रमाणीकरणका लागि आवश्यक कागजातहरूका बारेमा जानकारी लिनका लागि https://au.nepalembassy.gov.np/power-of-attorney/ मा हेर्नुहोस् ।
नेपाली राजदूतावास
क्यानबेरा
मितिः 27 सेप्टेम्बर 2022



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ