Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा क्रियाशिल पत्रकारको यस्तो प्रतिबद्धता, नेपाली समाज एकताबद्ध गर्ने सुत्र !

अष्ट्रेलियामा क्रियाशिल पत्रकारको यस्तो प्रतिबद्धता, नेपाली समाज एकताबद्ध गर्ने सुत्र !


तास्मानिया । अष्ट्रेलियामा क्रियाशिल पत्रकारहरुको संगठन एन्जाले ३ बुँदे होबार्ट घोषणा पत्र जारी गर्दै विदेशमा गरिने पत्रकारिताको स्तर उकास्ने र नेपाली समाजको अपेक्षा पुरा हुने गरि भूमिका खेल्ने प्रतिबद्धता गरेको छ । नोभेम्बर ४ र ५ तारिखका दिन तास्मानियाको होबार्टमा सम्पन्न अधिवेशनपछिको कार्यसमितिको पहिलो बैठकले अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको हकहित र वृत्तिविकासमा टेवा दिन तथा सामाजिक संघसंस्था तथा राज्य र संघीय तहका नियकाहरुसँग पुलको काम गर्न महत्वपूर्ण घोषणा पारित गरेको हो ।

महाधिवेशनले चिरञ्जिवी देवकोटाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । व्यवसायिक पत्रकारिताका माध्यमबाट सत्य, तथ्य र निष्पक्ष सुचना प्रवाह गरि अष्ट्रेलियामा बढ्दो नेपाली समाजलाई एकसूत्रमा बाध्ने प्रकृयामा एन्जाले महत्वपुर्ण भूमिका खेल्दैआएको छ । नेपाली समाजको क्रिया र प्रतिक्रिया बिना पत्रकारिता मुर्त नहुने भन्दै नवनिर्वाचित समितिले पत्रकारितालाई व्यवसायिक बनाउनका लागि नेपाली समाजमा भएका व्यवसायहरुको विज्ञापन हुनुपर्नेमा समेत जोड दिएको छ । एन्जाले अष्ट्रेलियाको सिंगो नेपाली समाजलाई पत्रकारितामार्फत एकताको सुत्रमा बाध्ने यात्रामा सहकार्य गर्न सबैलाई अपिल समेत गरेको छ ।

यस्ता छन होबार्ट घोषणाका बुँदाहरु :
१, पत्रकारिता समाजको अभिन्न अंग हो । व्यवसायिक पत्रकारिताले समाज निमार्णमा महत्वपूर्ण भूमिका खेल्दछ । अष्ट्रेलियामा नेपाली भाषाको पत्रकारितालाई थप व्यवसायिक, निष्पक्ष र तथ्यपरक बनाउनका लागि हामी अष्ट्रेलियन प्रेस काउन्सिलले निर्धारण गरेको आचारसंहिता र यहाँको कानूनी सिमाहरुलाई अक्षरस पालना गर्न कटिबद्ध छौं । पत्रकारिता समाजभन्दा बाहिर रहन सक्दैन भन्ने तथ्यलाई आत्मसाथ गर्दै असल, सूसुचित र एकताबद्ध समाज निर्माणमा योगदान दिन हामी व्यवसायिक पत्रकारितालाई जोड दिनेछौं ।

२, विदेशमा पनि नेपालीहरुका विभिन्न संघसंस्थाहरु सक्रिय छन् र त्यस्ता संगठनहरुको स्वतन्त्रता प्रति उत्तिकै सम्मान छ । पत्रकारितालाई व्यवसायिक बनाउने पाटोबाट हेर्दा, हामीले तयार पार्ने समाचारिय सामाग्रीहरु कुनै पनि राजनैतिक दल, क्षेत्र, वर्ग, जाती, धर्म, वर्ण र लिंगबाट निर्दिष्ट नभई, सिंगो नेपाल र नेपालीपनलाई उकास्नका लागि केन्द्रित रहनेछ । उल्लेखित विशेषताका आधारमा हामी हाम्रो पत्रकारितालाई प्रभावमुक्त राख्ने समेत प्रतिवद्धता गर्न चाहान्छौ ।

३, पत्रकारिता भनेको नियमित घटनाक्रमको जिम्मेववार अभिव्यक्ति हो । समाज विकासको तिब्रतासंगै पत्रकारितामा समेत प्राविधिक र दक्षताको खाचो टड्कारो बन्ने गरेको छ । समयको रफ्तारसंगै प्राविधिक र बद्लिदो समाजको भावना अनुसार दक्षता वृद्धी गर्न नसके, पत्रकारिताले समाजका आवश्यकताहरु पुरा गर्न सक्दैन । त्यसैले अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुलाई समयअनुकुल दक्षता वृद्धी गर्न राज्यदेखि केन्द्रसम्मै विभिन्न प्रशिक्षण र कार्यशालाहरु गरिने समेत प्रतिबद्धता गर्न चाहान्छौं । जसका लागि राज्यदेखि संघीय तहसम्म रहेका सरकारी र गैरसरकारी संघसंस्थासंग सहकार्य गरि आवश्यक प्रशिक्षणहरुको व्यवस्था गर्नेछौं । समाजको अपेक्षा पुरा गर्न समेत हामी सामाजिक व्यक्ति र संघसंस्थासंग समेत छलफल र अन्तरक्रिया गर्नेछौं ।

एन्जाको होबार्ट घोषणा २०२२ को पूर्णपाठ :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ