Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा निधन भएको विद्यार्थीको शव लैजान सहयोग संकलन, यसरी गर्न सकिन्छ सहयोग

सिड्नीमा निधन भएको विद्यार्थीको शव लैजान सहयोग संकलन, यसरी गर्न सकिन्छ सहयोग


सिड्नी/गत सोमबार सिड्नीको ह्यारिसपार्कमा दुखद निधन भएको एक नेपाली विद्यार्थीको शव नेपाल पठाउन सहयोग संकलन सुरु भएको छ । गत जुलाईमा अध्ययनका लागि सिड्नी आएकी रेश्मा श्रेष्ठको निधन भएको एनआरएनए न्यु साउथ वेल्सका संयोजक देब गुरुङले जानकारी दिनुभयो । नवलपुर स्थाई घर भएकी रेश्मा ह्यारिसपार्कमा बस्दै आएकी थिईन् ।

उनको शव नेपाल पठाउनका लागि आफन्त सोनिया श्रेष्ठले गोफण्डमी मार्फत २० हजार डलर संकलन गर्न लागेको हो । सहयोग गर्न चाहानेले गोफण्डमीको यो लिंकमा थिच्नुहोस् ।

पछिल्लो २ हप्तामै अष्ट्रेलियामा ३ विद्यार्थीको निधन भएको छ । दुइ विद्यार्थीको सिड्नीमा र अर्का एकको भने सनसाइनकोष्टमा निधन भएको हो । उनीहरुको शव पठाउन समेत सहयोग सकंलन भइसकेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ