Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा थप एक नेपाली विद्यार्थीको निधन, २ हप्तामै ३ विद्यार्थीको गयो ज्यान

सिड्नीमा थप एक नेपाली विद्यार्थीको निधन, २ हप्तामै ३ विद्यार्थीको गयो ज्यान


ब्रिजवेन/अष्ट्रेलियाको सिड्नीमा सोमबार दिउसो एक नेपाली विद्यार्थीको दुखद निधन भएको छ । ह्यारिस पार्कको ट्रेन स्टेसनमा ती विद्यार्थी युवतीको ज्यान गएको समाचार प्राप्त भएको छ । घटनाको न्युसाउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना बारे सिड्नीस्थित नेपाली महावाणिज्यदुत दिपक खड्का र गैरआवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक देब गुरुङलाई समेत युवतीका नजिकका साथीले खबर गरेका छन् ।

नेपालट्युबसंग कुरा गर्दै महावाणिज्यदुत खड्का र संयोजक गुरुङले घटना भएको खबर प्राप्त भएको र थप विवरण लिने प्रयास भइरहेको पुष्टी गर्नुभयो । ती युवतीको साथीहरुको अनुरोधमा घटना घटेको र व्यक्तिगत विवरणहरु सबै गोप्य राखिएको छ ।
यो घटनासंगै अष्ट्रेलियामा पछिल्लो दुइ हप्तामै तीन नेपाली विद्यार्थीको ज्यान गएको छ । अक्टोबर २४ तारिखमा सिड्नीमै २ महिनाअघि मात्रै अष्ट्रेलिया आएका २४ वर्षिय युवकको निधन भएको थियो । त्यस्तै नोभेम्बर २ तारिखमा सनसाइनकोष्टमा थप एक नेपाली विद्यार्थी आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए । पछि अस्पतालमा उनको निधनको पुष्टी भएको थियो ।

पढाई, काम र परिवारदेखि टाढा आएकाले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा मानसिक तनाव समेत बढ्ने गरेको छ । परिवार र साथीभाईलाई आफ्नो समस्या नभन्दा समस्या झनै जटिल बन्ने गरेको छ । त्यसैले तपाईलाई पनि कुनै तनाव भएको छ भने सहयोग लिनुहोला । अष्ट्रेलियामा मानसिक तनाव भएका व्यक्तिले निशुल्क काउन्सेलिङ लिन सक्छन् । जसका लागि तलका नम्बरहरुमा सम्पर्क गर्नुहोला ।

 

Life line- 131114 (Crisis support 24/7 )

Beyond Blue Call 1300 22 4636

 

 


ट्याग : #nepali student, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ