Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा फेरी अर्को साइबर हमला, मेडिबैंकको ४० लाख उपभोक्ताको डाटा अपराधीको चंगुलमा ।

अष्ट्रेलियामा फेरी अर्को साइबर हमला, मेडिबैंकको ४० लाख उपभोक्ताको डाटा अपराधीको चंगुलमा ।


ब्रिजवेन/अष्ट्रेलियाको स्वास्थ्य बिमा कम्पनी मेडिबैंकको ४० लाख उपभोक्ताको डाटामा अपराधीको पहुच पुगेको छ । मेडिबैंकले जारी गरेको सुचना अनुसार अपराधिक समुहले यो साइबर हमला गरेको बताएको छ । स्वास्थ्य बिमा सेवा दिने यो निजी कम्पनीमाथी भएको यस्तो हमला एक महिनाको अन्तरालमा भएको ठुलो मध्ये दोस्रो हो । यसअघि मोवाइल सेवा कम्पनी अप्टसको लाखौ उपभोक्ताको डाटा चोरी भएको थियो ।

मेडिबैंकले जारी गरेको विज्ञप्तीमा सबै एएचएम, अन्तराष्ट्रिय विद्यँर्थी र मेडिबैंकका सबै उपभोक्ताका निजी डाटा तथा बिमा दाबी गरिएका सुचनाहरुमा अपराधीको पहुच पुगेको हो । विज्ञप्तीमा अपराधीले केही उपभोक्ताको व्यक्तिगत सुचनाहरु हटाएको प्रमाण समेत फेला परेको छ । मडिबैंकले डाटा चोरीमा परेको उपभोक्तासंग सम्पर्क गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । यस घटनाबाट पीडित भएका उपभोक्तालाई मेडिबैंकले आर्थिक सहायता गर्ने तथा चोरी भएका कागजपत्र पुर्न बनाउनु परेमा सबै पैसा तिरिदिने जनाएको छ ।

All Medibank and ahm customers have been urged to contact the company’s cyber response hotlines by phone (for ahm customers 13 42 46 and for Medibank customers 13 23 31) or through an information page on the firm’s website.

Medibank said its customers could also speak to experienced and qualified mental health professionals 24/7 over the phone for advice or support around mental health or wellbeing (1800 644 325).


ट्याग : #cyber attack in Australia, #medibank, #medibank cyber attack
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ