Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaरातारात करोड कमाउने प्रलोभनमा पर्दा अष्ट्रेलियामा एक नेपालीले गुमाए ५३ लाख !

रातारात करोड कमाउने प्रलोभनमा पर्दा अष्ट्रेलियामा एक नेपालीले गुमाए ५३ लाख !


ब्रिजबेन, काठमाडौं । तपाई रातारात धनि बन्ने लोभमा भौतारिदै हुनुहुन्छ, होसियार अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवाले एक महिनामै ६२ हजार अष्ट्रेलियन डलर अर्थात नेपाली ५३ लाख रुपैयाँ गुमाएका छन् ।

ह्वाट्स एपमा एउटी राम्री युवतीको प्रोफाइलबाट आएको म्यासेज र सोही म्यासेजमार्फत क्रिप्टोमा लगानी गरेर टन्न कमाउन सकिने प्रलोभनको पछि लाग्दा सेफका रुपमा कार्यरत नेपाली युवा ठगिएका हुन । सेप्टेम्बर ५ मा तपाई भान्छे हो, तपाईले पकाएको परिकारको स्वाद मन पर्छ भन्दै भन्दै गरिएको च्याटपछि एक महिनामै यति ठूलो रकम गुमाउनुपरेको छ ।

बीट क्वाइन र क्रिप्टोमार्फत आफूले धेरै कमाएको भन्दै नक्कली प्लेटफर्ममा बाइनान्स एकाउण्ट खोल्न लगाएकी महिलाले पठाएको प्लेटफर्ममा ७ पटक रकम ट्रान्सफर गरेका पीडित युवा अहिले न्यायका लागि अष्ट्रेलियाको सरकारी निकाय र स्क्याम वाचमा पुग्नुभएको छ । अहिले फेक प्लेटफर्मको खातामा आम्दानीका रुपमा बढेको भन्दै ३ लाख ४३ हजार अमेरिकी डलर देखाइएको छ । तर यहाँ भएको रकम निकाल्न मिल्दैन । यसपछि युवाले स्क्यामरको फन्दामा परेर ठगिएको थाहा पाएका छन् ।

अष्ट्रेलियास्थित स्क्यामवाचको रेकर्डले नै यहाँ स्क्यामरहरुको ठगी बढेको देखाएको छ । के अष्ट्रेलियाली के नेपाली यस्ता ठगिमा करोडौँ परेका छन् । लगानी गर्ने वा साझेदार बन्ने नाममा नै एक वर्षमा १७७ मिलियन, अनलाइन किनमेलका नाममा ८ मिलियन ठगी भएको स्क्याम वाचको रेकर्डले देखाएको छ । यस्तो ठगि अझ बढ्दो क्रममा रहेको छ ।

रातारात टन्न कमाइन्छ भन्ने प्रलोभनमा पर्दा अष्ट्रेलिया, अमेरिका लगायतका विदेशी भूमिमा रहेका नेपाली मात्रै नभएर तपाई हामी समेत स्क्यामरको फन्दामा पर्न सक्छौँ, त्यसैले लगानी वा अन्य कुनै भ्रममा पर्नुअघि सोचौँ र सचेत बनौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ