Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा बाढीको बितण्डा, एक बेपत्ता, डुबायो ५ सय घर

भिक्टोरियामा बाढीको बितण्डा, एक बेपत्ता, डुबायो ५ सय घर


मेलवर्न, निरन्तरको झरीले अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बाढीले बितण्डा मच्चाउन थालेको छ । राज्यका प्रिमियर ड्यानियल एन्ड्रयुका अनुसार हालसम्म ५ सय घर डुबानमा परेको भने भने बाढी पसेका कारण अन्य ५ सय घर सडक संजालबाट बिच्छेद भएका छन् । त्यस्तै ४७ सय घरमा विद्युत प्रवाह बन्द भएको छ । विपत व्यवस्थापन आयुक्त एन्ड्रयु क्रिप्सले राज्यमा परेको यो विपद भएको बताउनुभयो । बाढीका कारण बेन्डिगोस्थित लोडन नदीमा आएको बाढीमा एक व्यक्ति हराइरहेको स्टेट इमरजेन्सी सर्भिस एसिएसले जनाएको छ ।

बढीले पश्चिम मेलवर्नको मेरीबैरोङ र विरिवी क्षेत्रमा समेत जोखिम बढाएको छ । यस क्षेत्रमा मात्रै १ सय घरमा बाढी पसेको एसिएसले जनाएको छ । राज्यका बाढी प्रभावित क्षेत्रहरु सेमौर, रोचेष्टर, क्यारिजब्रुक र मेरिबैरोङ क्षेत्र तत्काल खाली गराउन निर्देशन जारी भएको छ । मानिसहरुलाई अग्लो स्थानमा जान भनिएको छ ।

भिक्टोरियाको स्टेट इमरजेन्सी सर्भिस एसिएसले जारी गरेको सुचना अनुसार ब्रोकन नदीले बेनालामा ५० घर बगाएको छ भने मेरीबैरोङ नदीले १ सय घरमा क्षती पु¥याएको छ । मौसम विभागले बाढीको खतरा अझै बढ्न सक्ने जनाएको छ । भारी वर्षा र हुरी बतासको खतरा कम भएपनि बाढीको खतरा अझै रहेको विभागको भनाई छ । गोलबर्न नदिमा पानीको तह ८ मिटर भन्दा माथी पुगेको छ । यो सन् १९७४ को बाढीको भन्दा धेरै हो ।

Photo- SES Victoria

४० भन्दा बढी विद्यालय बन्द गरिएको छ । यसैबिच राज्यले बाढी प्रभावितलाई एक चोटीका लागि ५ सय ६० डलर राहत रकम समेत बाड्न थालेको छ । बाढी बारे थप जानकारी आउने क्रममा छ ।

Photo- SES Victoria


ट्याग : #Flood in Melbourne 2022, #flood in Victoria
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ