Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालको न्याश्रो लाग्यो ? नोभेम्बर १९ मा सिड्नीमा हुँदैछ नेपाल चिनाउने अभियान !

नेपालको न्याश्रो लाग्यो ? नोभेम्बर १९ मा सिड्नीमा हुँदैछ नेपाल चिनाउने अभियान !

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष गुरुङ्गसँग विशेष सम्वाद !


ब्रिजबेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपाली पर्यटनको प्रबर्धन गर्ने उद्देश्यका साथ नेपाली कला संस्कृति, भाषा जगेर्ना गर्ने तवरले नेपाल फेस्टिवल आयोजना गर्दै आएको छ । सन २००६ देखि सुरु भएको नेपाल फेस्टिवल सिडनी यस बर्ष आगामी १९ नोभेम्बरमा हुने भएको छ ।

हरेक दुई वर्षमा हुने यो फेस्टिवल अष्ट्रेलियाको सिडनीमा मात्रै नभई विभिन्न राज्यमा हुने गर्दछ । यसैक्रममा नेपाल फेस्टिवलको सुरुवाती दिनदेखि आजसम्म सक्रिया रुपमा रहनुभएका नेपाल फेस्टिवल सिडनीको संयोजक देव गुरुङ्गसंग कुराकानी गरेका छौं।
संवादको सम्पादित अंश प्रस्तुत गर्नुभन्दा अगाडि देव गुरुङको निजीजीवनको केही चर्चा गरौँ

को हुन त, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष गुरुङ ?
देव बहादूर गुरुङ्ग विभिन्न सामुदायिक संस्थाहरुलाई माथि उठाउनका निम्ति नेतृत्व तहको जिम्मेवारी सम्हाल्दै आउनु भएकाहरुमध्ये एक क्रियाशील व्यक्ति हुनुहुन्छ । उहाँ एक मेहनती र उच्च उत्प्रेरित प्रबन्धक\परिबेक्षक तथा व्यापक अनुभव र कर्मचारीमा एक अब्बल रेकर्ड राख्न सफल ब्यक्ति पनि हुनुहुन्छ । सन् १९८५ फेब्रुअरीदेखि ब्रिटिस आर्मी गोर्खामा सेवा गर्नुभएका गुरुङ्ग जनवरीमा सेवानिवृत्त हुनुभएको थियो । यसरी ब्रिटिश आर्मी गोर्खामा सेवा गर्नु भएका उहाँले सन् २००४ मा नाटो पदक कोसोभो,(OPs\ Agricola), सियरा लियोन पदक (ओपीएस सिल्क–म्यान), एचएम द क्वीन्स जुबली मेडल; र लामो सेवा र राम्रो आचरण लगायतका पदकहरु हासिल गर्नु भएको थियो। यसका साथै उहाँले मे २००५ देखि अस्ट्रेलियाली सेनामा एडीएफ पदक , वर्षको सामुदायिक सेवा व्यक्ति (अष्ट्रेलिया वाइड) ,लिभरपूल काउन्सिल सामुदायिक सेवा व्यक्ति र दशौँ वार्षिकोत्सवको समयमा लिभरपूल काउन्सिल अफ द इयर समेत हात पार्न सफल हुनुभएको थियो।

सामाजिक कार्यमा निरन्तर लागि पर्ने गुरुङ्ग २००९ –२०१३ सम्म अष्ट्रेलियाको गुरुङ समाज (तमु समाज सिड्नी इंक.) को अध्यक्ष रहनु भएको थियो । त्यस्तै २०१३ –२०१५ सम्म गोर्खा नेपाली समुदायको (GNC) उपाध्यक्षमा रहनु भएका गुरुङ्ग २०१७ देखि २०१९ सम्म गैरआवासीय नेपाली संघ (जीएनसी) राष्ट्रिय सचिवको पदीय जिम्मेवारी निभाउँदै नेपाल फेस्टिवल सिड्नी आयोजना गर्दै आउनु भएको थियो। त्यसपछि २०१९–२०२१ सम्म गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलिया उपाध्यक्षमा रहेर कार्य गर्दै आउनु भएको थियो भने अहिले उहाँ २०२१ –२०२३ सम्मको लागि उपाध्यक्ष पदमा रहनु भएको छ ।

उहाँले कोभिड महामारीको कारण सेल्फ आइसोलेसनमा हुँदा पनि खाँचोमा परेका धेरै मानिसहरूलाई मद्दत गर्नुको साथै नेपाली समुदायमा राहत वितरण तथा जनचेतनाका लागि उल्लेख्य कामहरु गर्नुभएको थियो। गुरुङको यस्तो प्रकारको निडर कार्य प्रतिबद्धतालाई सम्मान गर्दै सम्माननीय सांसद मेलानी गिबन्स (होल्सवर्थ इलेक्टोरेट) द्वारा उत्कृष्ट र बहादुरी भनी सम्मानित हुनु भयो। नयाँ सीपहरु सिक्न इच्छा राख्ने गुरुङ्ग एक अनुकूल व्यक्तित्व, आत्म–प्रेरित व्यक्ति हुनुको साथै साँच्चै एक उदार सोच भएको सामुदायिक ब्यक्ति पनि हुनुहुन्छ।

अब प्रस्तुत गर्दछौँ हामीले उहाँसंग नोभेम्बर १९ मा आयोजना हुँदै गरेको नेपाल फेस्टिवल सिडनी २०२२ को बारेमा गरेको विशेष कुराकानीको केहि अंश:

१. तपाइको अनुभबम्मा नेपाल फेस्टिभलको महत्व बारे प्रष्ट पारिदिनुस न !
एक त यो हाम्रो सिग्नेचर इभेन्टस हो । हाम्रो मुख्य उद्देश्य भनेको नै आफ्नो देश नेपाललाई चिनाउनुको साथै बिदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउनु हो । यस फेस्टिवलबाट सांस्कृतिक अथवा पर्यटकीय जुनसुकै हिसाबले पनि विदेशीहरुलाई नेपालको बारेमा चिनाउन पाउने ठूलो अवसर मिल्ने गर्दछ । तसर्थ सो इभेन्टसले नेपालीको परिचयको साथै आफ्नो भाषासंस्कृति, नेपाली खाना, नेपाली संगीतको प्रबर्द्धन गर्ने र आउँदो नयाँ पुस्ताहरुलाई पनि आफ्नो पहिचान के हो भन्ने बारे जानकारी दिनमा बिशेष भूमिका खेल्ने हुँदा हाम्रो लागि निकै नै महत्वपूर्ण हुनेगर्छ ।

२ . यस पटक फेस्टिवल अलि फरक बनाउन के गर्दै हुनुहुन्छ ?
हाम्रो उद्देश्य र कला संस्कृति उही भएतापनि यसपटक अलि फरक बनाउनको लागि कार्यक्रम गर्ने स्थल पनि परिवर्तन गरेका छौं। जुन बुरवूड पार्कमा गर्ने भएका छौं, जहाँ नेपालीहरु एकजुट र धेरै नजिक पनि छन । कार्यक्रम मल्टीकल्चरल भएको हुँदा पनि यहाँको स्थानीय कलाकारहरुलाई समेत समाबेश गराउने भएका छौं, जसले गर्दा जानकारी सबै सामु पुग्ने अपेक्षा गरेका छौं र यसपाली धेरै नै नेपाली लगायत बिदेशीलाई कार्यक्रममा आकर्षण गर्न सकिने कुरामा पनि हामी ढुक्क छौं ।

३ .नेपाली मौलिकपनलाई जगेर्ना गर्न नेपाल फेस्टिवल सिडनीले कती सम्म सहयोग पुर्याएको छ ?
मेरो बिचारमा केहि हदसम्म जगेर्ना गर्न सफल भएको छ जस्तो लाग्छ, किनभने कार्यक्रमलाई भब्यरुपमा सफल पार्नको लागि हामीले नेपालबाट नै चर्चित कलाकारहरुलाई निमन्त्रणा गरेका हुन्छौँ । यसो गर्दा अरुको समुदायको बारेमा आफुले चिन्ने मौका पाउनुको साथै आफ्नो नेपालको परिचय अरु समुदायलाई चिनाउन पाउँछौं। कुनै निश्चित समयमा समग्र नेपाल र नेपालीलाई प्रतिनिधित्व गराउने महा उत्सब नै नेपाल फेस्टिवल हो जस्तो लाग्छ मलाई ।

४ . यसपटक नेपाल फेस्टिबलको सोलोगन के छ र यो राख्नुको प्रमुख कारण ?
हाम्रो यसपटकको सोलोगन चाहिं “वान कन्ट्री म्यानि स्टोरीज“ रहेको छ । समूर्ण नेपालीहरु अष्ट्रेलियामा रहेर पनि आफ्नो मौलिकपनलाई जोगाइरहेका छन् । अष्ट्रेलियामा पनि नेपालीहरुले आफ्नो छुट्टै पहिचान खड़ा गरिसकेको छ। जसले गर्दा नेपाली समुदाय पनि परिपक्क हुँदै गएको छ। यहाँ बिभिन्न जातजातिका, भेषभूषाका मानिसहरु बसोबास गरेका हुन्छन र उनीहरुको आ–आफ्नो रीतिरिवाज, रहनसहन पनि हुने गर्छ, त्यसकारण यही कुरालाई मध्येनजर गर्दै यो सोलोगन राखेका हौं ।

६ .तपाईलाई नेपाल फेस्टिभलको बिशेष लाग्ने कुरा चाहिँ के हो ?
समग्र फेस्टिवल नै नेपाल बिशेष हुने हुँदा बिशेष लाग्ने कुरा यो त्यों भन्ने त हुँदैन, तैपनि नेपाली कल्चर, नेपाली खाना र नेपाललाई चिनाउने नेपालीहरु आ– आफ्नो पोशकमा साजिएर महोत्सबमा उपस्थित हुँदाको क्षण चाहिँ अझै बिशेष लाग्ने गर्छ । जसले गर्दा भर्खर हुर्कदै गरेको दोस्रो पुस्ताहरुमा पनि नेपालीपनको छाप बस्ने कुराले निकै खुसी हुन्छु ।

५ . अन्त्यमा केहि भन्न चाहनुहुन्छ कि?
हामी, हाम्रो साथसाथै नेपालको ठूलो पहिचान बोकेको सिग्निचर ईभेन्टको लागि सहयोग गर्नु हुने सम्पूर्ण नेप्लिज कम्युनिटी लगायत नेपाली दूतावास, नेपाली काउन्सिलरसँगै सम्पूर्ण मिडियाहरुलाई मेरो ब्यक्तिगत तर्फबाट र संस्थागत तर्फबाट धेरै धेरै धन्यबाद भन्न चाहन्छु । यो महाउत्सब भनेको केवल संस्थाको मात्र नभई हामी हरेक नेपालीको कार्यक्रम हो, त्यसैले सबै सहभागी बनौँ र सफल पारौं ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ