Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नको कफी पसलसँगै निर्देशकले तिरे ११ हजार डलर जरिवाना, कारण यस्तो !

मेलबर्नको कफी पसलसँगै निर्देशकले तिरे ११ हजार डलर जरिवाना, कारण यस्तो !


ब्रिजबेन । मेलबर्नमा रहेको जुस र कफी बारसँगै निर्देशकले सरकारलाई ११ हजार ९८८ अष्ट्रेलियन डलर जरिवाना तिर्नुपरेको छ । फेयरवर्क अम्बुडस्म्यानले दर्ता गरेको मुद्दाको सुनुवाई गर्दै संघीय अदालतले जुस पसल, क्याफे र सञ्चालक विरुद्ध यस्तो फैशला गरेको हो ।

फेयरवर्क अम्बुडस्म्यानले कानुनी कारबाही सुरु गरेसँगै जुस पसल र क्याफेले कामदारलाई एक हजार डलर बढीको भुक्तानी दिएका छन् । कार्यवाहक फेयरवर्क अम्बुडस्म्यान क्रिस्टन हन्नाले कामदारमाथी ठगी गर्ने, कानुन उल्लंघन गर्नेहरु दण्डित बन्नुपर्ने भन्दै बेलैमा समेत हुन आग्रह गर्नुभएको छ । श्रम ऐन अनुसारको भुक्तानी नदिनेहरु विरुद्धको अनुगमन र कारबाही तिब्र पारिएको भन्दै क्याम्पबेलले कामदारहरूलाई समेत सचेत बन्न आह्वान गर्नुभएको छ ।

कोलिङ्वुडको सोनसा मार्केट्स भित्र रहेको जुस र कफी बार सञ्चालन गर्ने रिका फूड्स नर्थ मेलबर्न पीटीआई लिमिटेडले ९ हजार ९९० र कम्पनी निर्देशकले एक हजार ९९८ जरिवाना तिरेको बताइएको छ । जनवरी २०२१ मा छोटो अवधिको लागि जुस र कफी बारमा काम गर्ने दक्षिण कोरियाली नागरिकलाई कानुन अनुसारको भुक्तानी नदिएको अभियोग लगाइएको छ । २०२१ अप्रिल मा कामदारले आठ दिनको रोजगार अवधिमा गरेको ४० घण्टाको कामको पारिश्रमिक नपाएको भन्दै फेयरवर्क अम्बुडस्म्यान (एफडब्लुओ) मा निवेदन परेसँगै अनुसन्धान र कारबाही अघि बढाइएको थियो ।

व्यवसायीलाई श्रम ऐन अनुसारको भुक्तानी दिन र कर्मचारीहरूलाई सचेत बन्न आह्वान गरिएको छ । ठगीमा परेमा निःशुल्क सल्लाह र सहायताको लागि सम्पर्क गर्न फेयरवर्क अम्बुडस्म्यानले सबैलाई आह्वान गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ