Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा स्क्याम : अपरिचित युवतीसँगको नग्न भिडियो च्याटले ठगीदै नेपाली !

अष्ट्रेलियामा स्क्याम : अपरिचित युवतीसँगको नग्न भिडियो च्याटले ठगीदै नेपाली !

यसरी बचौँ ठगिनबाट


ब्रिजबेन । अपरिचित युवतीसँग नजिकिएर नग्न भिडियो च्याट गर्दा अष्ट्रेलिया, अमेरिकासहित नेपालमा समेत ठगीने युवाहरुको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । फेसबुक, इन्ट्राग्राम लगायतका सामाजिक सञ्जालमा अपरिचित युवतीले पठाएको रिक्वेस्ट स्विकार गर्दै नांगिएर भिडियो च्याट गर्दा युवाहरु ठगहरुको फन्दामा परेका हुन ।

अष्ट्रेलियामा अध्ययनका क्रममा रहेका कतिपय युवाहरु नै अपरिचित युवतीसँग नजिकिएर र उनीहरुको नग्न भिडियो च्याटको प्रस्तव स्विकार गरेर सहभागि हुँदा ठगीमा परेको स्विकार गरिरहेका छन् । उनीहरु नग्न भीडियो बनाएर साथीभाई र आफन्तलाई पठाइदिन्छु, सामाजिक सञ्जाल, युट्युबमा भाईरल बनाइदिन्छु भन्दै पैसा मागिएको र इज्जत बचाउन दिन बाध्य भएको बताउँछन् । अपरिचित युवतीसँग नजिकिएर नग्न भिडियोमा सहभागि भएपनि कतिपय भने मागेजति पैसा नदिएर जिकिर गरिरहेका छन् ।

अपरिचित युवतीका नाममा हुने लाखौँ, करोडौँको ठगीबाट कसरी जोगिने त ?
अष्ट्रेलियास्थित स्क्यामवाचको रेकर्डले नै डेटिङ र रोमान्सका नाममा एक वर्षमै ५६ मिलियन डलर बराबरको ठगी भएको देखाएको छ । यसरी ठगी गर्ने उद्देश्यले अपरिचित युवतीको फोटो राखेर फेसबुक, इन्टाग्राममा साथीको प्रस्ताव आएमा सकभर नबन्दा राम्रो हुन्छ । केही गरेर साथी बनेमा पनि भीडियो च्याटका लागि गरिने प्रस्ताव स्विकार नगरौँ, भिडियो च्याटमा सहभागि भैहालेको अवस्थामा नग्न भिडियो च्याटमा हतारो नगरौँ किनकी तपाईको भिडियो रेकर्ड गरेर बार्गेनिको अस्त्र बनाइनसक्छ । भिडियो च्याटमा सहभागि भएर नांगिएका र पैसाको बार्गेनिङमा परेकाहरुले तत्काल फेसबुक, भाइबर, इन्ट्रा लगायतका अकाउण्ट तत्काल ब्लक गरेर ठगीमा संलग्न युवतीको सम्पर्कबाट टाढा रहनु ठगिनबाट जोगिने उपाय हुनसक्छ ।

यस्तो छ अष्ट्रेलियामा स्क्याम ठगीको अवस्था
अष्ट्रेलियाको ठगी रोक्न गठित नियामक निकाय स्क्यामवाचमा सन् २०२१ म २ लाख ८७ हजार ६२२ वटा ठगीका रिपोर्टहरु परेका छन् । अघिल्लो वर्ष २ लाख १६ हजार ८७ वटा उजुरी परेकोमा चालु वर्षमा ३३ प्रतिशतले ठगी विरुद्धको उजूरी बढेको पाइएको छ । १२ वित्तिय संस्था र सरकारी एजेन्सीलाई रिपोर्ट गरिएको आधारमा स्क्याममार्फत २ बलियन अष्ट्रेलियन डलर ठगी भएको पाइएको छ । स्क्यामवाचमा गरिएको रिपोर्टले सन २०१९ मा स्क्यामबाट १४३ मिलियन गुमेकोमा अहिले ८४ प्रतिशत बढेर ३२४ मिलियन पुगेको देखाएको छ ।

कुन–कुन क्षेत्रमा देखिन्छ त स्क्यामरको ठगी धन्दा ?
– लगानी गर्ने वा साझेदार बन्ने नाममा १७७ मिलियन ठगी
– डेटिङ र रोमान्सका नाममा ५६ मिलियन बराबरको ठगी
– बिल नै गलत बनाएर १७ मिलियन ठगी
– रिमोट एक्सेस स्क्याममार्फत १६ मिलियन ठगी
– ज्यान मार्ने, गिरफ्तारी लगायतका मानविय धम्कीमार्फत ११ मिलियन
– पहिचान चोरी गरेर १० मिलियन ठगी
– अनलाइन किनमेलका नाममा ८ मिलियन ठगी
– वर्गिकृत विज्ञापनका नाममा ७ मिलियन ठगी
– फिसिङका नाममा ५ मिलियन र ह्याकिङमार्फत ३ मिलियन ठगी

यसरी स्क्यामरको शिकार हुनेमा ६५ वर्ष र सो भन्दा माथी उमेर समुहका सबैभन्दा बढी अर्थात २७ दशमलब ३ प्रतिशत रहेका छन् । १८ देखी २४ वर्ष उमेर समुहका सबैभन्दा कम अर्थात ४ दशमलब ३ प्रतिशत मात्रै स्यामरको ठगीमा परेको स्क्यामवाचको रिपोर्टले देखाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ