Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaधनी बन्ने लोभले रोगी बन्दैछौँ हामी, स्वच्छ खानपानसँगै ब्यायाम र मनोरञ्जनको यस्तो छ महत्व !

धनी बन्ने लोभले रोगी बन्दैछौँ हामी, स्वच्छ खानपानसँगै ब्यायाम र मनोरञ्जनको यस्तो छ महत्व !


पुण्यप्रसाद धमला, काठमाडौं । स्वच्छ खानपान, उपयुक्त व्यायाम, आरामसँगै तनाव भुलाउन बेलामौकामा मनोरञ्जन । यी हाँसी खुसी जीवनयापन गर्न चाहानेहरुका लागि नभई नहुने कुरा हुन । तर पछिल्लो समय विश्वभरका मानिसहरु व्यस्त छन् । मेसिन जसरी सेकेन्ड, मिनेटदेखी घण्टौँसम्म काम गर्ने र कमाउने होड चलेको छ ।

हुन त यसरी व्यस्थतामा जीवनयापन गर्नेहरुलाई पनि समय समयमा खानुपर्ने स्वच्छ खानपान, आराम, मनोरञ्जन र ब्यायाम बारेको जानकारि छ । कतिपय बाध्यताले यी सबै आवश्यकता पन्छाउन बाध्य त कतिपय बेवास्थामा रमाइरहेका छन् । हामीले ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ खाद्य स्वच्छता दिवस मनाइरहँदा हाम्रो वेवास्थाले कति ठूलो स्वास्थ्य संकट निम्त्याउँदैछ भन्ने गम्भिर प्रश्न उब्जाइदिएको छ । हुन त नेपालसहित विश्वभर खाद्य स्वच्छताका लागि होटल, रेस्टुरेन्ट अनुुगमन निरीक्षण गरी अस्वस्थकर खानेकुराहरुको प्रयोग रोक्ने प्रयास भैरहेका छन् ।

अस्वस्थकर खानेकुराको मारमा ५५ करोड मानिस
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पछिल्लो तथ्याङ्कअनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झन्डै ५५ करोड मानिस बिरामी हुनेगरेको पाइएको छ । अस्वस्थकर खानाकै कारण बर्सेनि २ लाख ३० हजारको त मृत्यु भैरहेको छ । अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा धेरै रोग लाग्ने गरेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले सबैलाई सचेत गराउँदैआएको छ ।

किन बढ्दै छ मानसिक समस्या ?
व्यस्त जीवनयापनले मानसिक स्वास्थ्यमा अर्को ठूलो समस्या पैदा गरिदिएको छ । आराम र मनोरञ्जन नपाउँदा विश्वभर मानसिक समस्या बिकराल बनिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक ४ जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले नै नेपालमा झण्डै २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेको र झण्डै ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेको देखाएको छ ।

धेरै कमाएर आफ्नो जीवनयापन सहज बनाउने होडले हामी लोभमा परेका छौँ, व्यस्त बनेका छौँ । तर हामीले आफूलाई यी कारणबाट खुसी र सुखी होइन थप तनावमा पारिरहेका छौँ । भनिन्छ नि स्वास्थ्य नै धन हो । तपाई हामी स्वस्थ हुन सकेनौँ भने धनको कुनै अर्थ रहन्न, तपाई हामी मानसिक समस्यामा पर्यौ भने धनको कुनै काम हुन्न । यसैले आफूलाई व्यस्त बनाउँदैगर्दा स्वस्थ हुन आराम, ब्यायाम र मनोरञ्जनलाई पनि सँगसँगै अघि बढाऔँ । कमाएर रमाउने नाममा तनाब बढाउने काम तपाई हामी धेरैले गरिरहेका छौँ । अब जीवनलाई खुसी र सुखी बनाउन थोरै भएपनि आफ्नै जीवनशैली परिवर्तन गर्ने हो कि


ट्याग : #health, #healthy food, #intertainment, #rest, #stress
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ