Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविश्वका चर्चित स्पिनर सेन वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदै !

विश्वका चर्चित स्पिनर सेन वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदै !


अष्ट्रेलिया । शुक्रबार थाइल्याण्डमा शंकास्पद अवस्थामा मृत फेला परेका विश्वका चर्चित स्पिनर सेन वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्पिनर वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने घोषणा गर्नुभएको हो ।

५२ वर्षीय वार्न को मृत्यु हृदयघात भएको अनुमान गरिएको छ । प्रधानमन्त्री मोरिसनले वार्नको आकस्मिक मृत्युबाट अष्ट्रेलियाबासी निकै दुःखी भएको बताउनुभएको छ । विश्वकै महान क्रिकेटर मध्येकै एक वार्नलाई संघीय र भिक्टोरियन सरकार, क्रिकेट अष्ट्रेलिया र उनको परिवारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेका छन् । यसैबीच, वार्नको सम्मानमा अष्ट्रेलियन क्रिकेट बोर्डले मेलबर्न क्रिकेट ग्राउन्डमा रहेको ग्रेट सदर्न स्ट्यान्डको नाम वार्नको नाममा राख्ने घोषणा गरेको छ । वार्नले आफ्नो करियरमा एक सय ४५ टेस्ट खेलमा सात सय आठ विकेट लिएका छन् । एक सय ९४ एकदिवसीय खेलमा दुई सय ९३ विकेट उनको नाममा छ ।

टेष्ट क्रिकेटमा विकेट लिने हिसाबले श्रीलंकाका मुथैया मुरलीधरन पछि दोस्रो नम्बरमा वार्न छन् । वार्नको उत्कृष्ट बलिङले अस्ट्रेलियाले सन् १९९९ मा इग्ल्याण्डमा भएको आईसीसी क्रिकेट विश्वकपको उपाधि जितेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ