Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसानो गल्तीले पनि घरेलु हिंसा होला है, ब्रिजवेनमा विशेष कार्यक्रम

सानो गल्तीले पनि घरेलु हिंसा होला है, ब्रिजवेनमा विशेष कार्यक्रम


ब्रिजवेन/ अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा पनि समस्याका रुपमा देखा परेको छ । यसबारे कम जानकारी हुदा समस्या झनै बल्झिएको छ । अष्ट्रेलियाको कानुनले चर्को स्वरले बोलेर नियन्त्रण गर्ने, बैंक खाता कब्जामा लिने तथा हिडडुलमा निगरानी र नियन्त्रण गर्ने कार्यलाई समेत घरेलु हिंसा मान्ने गरेको छ । तर, अधिकांश नेपालीमा कुटपिट गर्नु मात्र हिंसा हो भन्ने बुझाई व्यापक छ । यहि पृष्ठभूमीमा ब्रिजवेनमा आगामी फेब्रुअरी १९ तारिखमा घरेलु हिंसा बारे चेतनामुलक कार्यशाला हुने भएको छ ।

एनआरएनए कुइन्सल्याण्ड र नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड एनएक्युले संयुक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रम विभिन्न ६ जना व्यक्तिले प्रस्तुती दिने तयारी छ । ब्रिजवेनको कुपरप्लेनस्थित पुस्तकालयमा बिहान ११ बजेदेखि २ बजेसम्म हुने कार्यक्रममा जुमबाट समेत जोडिन सकिन्छ । कार्यक्रममा घरेलु हिंसा सम्बन्धी जानकार माधुरी मास्के,आप्रवासी कानुन सम्बन्धी वकिल बुनु गौतम र, कानुन व्यवसायी डाक्टर हेमाङ्ग शर्माले प्रस्तुती दिने तयारी छ । त्यस्तै मानसिक रोग रजिष्टार डा. प्रतिक्षी बेलबासे, रिजिष्टर्ड नर्स डा. दिपा रिजाल र सामाजिक अभियन्ता सुनिता श्रेष्ठले समेत प्रस्तुती दिने कार्यक्रम छ ।

नेपाली समाजमा बढ्दो घरेलु हिंसालाई नियन्त्रण गर्न कार्यक्रम गर्न लागिएको एनआरएनए कुइन्सल्याण्डका संयोजक विनोद आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा सके उपस्थित भएर नसके जुमबाट जोडिएर समेत सहभागी हुन आचार्यले सबैलाई आग्रह गर्नुभयो ।

अष्ट्रेलियन इन्ष्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरको सन् २०१६ को तथ्याकं अनुसार अष्ट्रेलियामा प्रत्येक ६ जना महिला मध्ये एक जनामाथी घरेलु तथा यौन हिंसा हुने गरेको छ । त्यस्तै १६ जना पुरुषमध्ये एक जनामाथी पनि यस्तै खाले हिंसा हुने गरेको छ ।


ट्याग : #Australia, #domestic violence
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ