Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोनाका कारण ब्रिजवेनमा तमु ल्होछार कार्यक्रम रद्द, डार्बिनमा भने जनवरी २ मा हुने

कोरोनाका कारण ब्रिजवेनमा तमु ल्होछार कार्यक्रम रद्द, डार्बिनमा भने जनवरी २ मा हुने


ब्रिजवेन, कोरोना संक्रमितको संख्या दिनदिनै बढेसंगै कुइन्सल्याण्डको ब्रिजवेनमा तय भएको गुरुङको ल्होछार कार्यक्रम रद्द गरिएको छ । यसअघि डिसेम्बर ३० तारिखमा नयाँ वर्ष ल्होछारको कार्यक्रम हुने तय भएको थियो । कोरोनाको बढ्दो जोखिमलाई ध्यान दिदै कार्यक्रम रद्द गर्नु परेको तमु कम्युनिटी ब्रिजवेनका अगुवा कमल गुरुङले जानकारी दिनुभयो ।

आफ्नै घरमा सुरक्षित तरिकाले ल्होछार मनाउन पनि सबैमा आग्रह गरिएको छ । कम्युनिटीले पुस १५ कै दिन पारेर ब्रिजवेनमा हरेक वर्ष ल्होछार मनाउदै आएको थियो । तर, कोरोनाका कारण विगत २ वर्षदेखि भने सार्वजनिक स्थलमा ल्होछारको कार्यक्रम हुन सकेको छैन ।

उता नर्दन टेरिटोरीको डार्बिनमा भने जनवरी २ तारिखमा गुरुङहरुले ल्होछारको कार्यक्रम गर्ने भएका छन् । गुरुङ समाज डार्बिनले नेपलिज एशोसियसन अफ नर्दन टेरिटेरी र गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीसंग मिलेर ल्होछारको कार्यक्रम गर्न लागेको हो । मलक हिन्दु मन्दिर परिसरमा हुन लागेको कार्यक्रममा गुरुङको परम्परागत नृत्य तथा डोरी तान्ने र घैटो फुटाउने खेल खेलिने समाजले जनाएको छ । रात्री भोजसहितको कार्यक्रममा प्रवेशका लागि वयष्कले ४० डलर र ५ देखि १२ वर्षसम्मकाले २० डलर तिर्नुपर्नेछ ।

Gurung lhochar 2022

गुरुङ अर्थात तमु जातिको नयाँ वर्षलाई ल्होछार भनिन्छ । १२ वटा जनावर रहेको गुरुङ पात्रोमा हरेक वर्ष एउटा जनावरले भोग गर्छ । पात्रो अनुसार पुस १५ मा जनावर परिवर्तन हुने दिनलाई गुरुङहरुले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यसपाली गुरुङहरुले गाई वर्षलाई बिदाई गरि बाघ वर्षलाई स्वागत गर्दैछन् । गुरुङ चलन अनुसार जुन जनावरको बेलामा मानिसको जन्म भयो उसको वर्ग पनि त्यहि जनावरको नामबाट राखिने गरिन्छ । गुरुङ समुदायमा वर्गको महत्व अन्य समुदायको चिना जस्तै हो ।

यो पनि पढ्नुहोस्

डिसेम्बर ३० मा ब्रिजवेनमा गुरुङ ल्होछारको विशेष कार्यक्रम हुदै, सहभागी हुन खोप अनिवार्य « Nepal Tube Australia



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ