Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएकैरातको झरीले काठमाडौंका ४ सय घर डुबानमा, जोखिम कायमै

एकैरातको झरीले काठमाडौंका ४ सय घर डुबानमा, जोखिम कायमै


काठमाडौं । काठमाडौंमा लगातारको वर्षासँगै आएको बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका छन भने नदीतटिय क्षेत्रका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।

अझै तीनदिनसम्म झरी र डुबानको जोखिम यथावत रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । एसएसपी सिंहले डुबान र बाढीका कारण मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको जानकारी दिएका छन् ।

डुबान र बागमती, बिष्णुमती, मनोहरा बलखु खोला लगायको बहाब एक्कासी बढ्दा थुप्रै बस्ती जोखिममा परेका छन भने जनजीवन समेत रातीदेखी नै प्रभावित भएको छ ।

लगातारको ठूलो वर्षाले काभ्रेको बनेपा बजार डुबानमा



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ