Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता

सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । अधिवक्ता उमेश प्रसादले सर्वोच्च अदालतमा पुगेर मुद्दा दायर गर्नुभएको हो ।

अदालतबाट विभिन्न चरणमा भएका आदेश तथा फैसलाको प्रतिकूल हुने गरी काम गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले अदालतलाई उल्टै धम्क्याउने काम गरेको अधिवक्ता प्रसादले दायर गरेको रिटमा दाबी गरिएको छ । अदालतको आदेशको पूर्ण पाठ नआउँदै दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको विषयले पनि अदालतको अवहेलना भएको अधिवक्ता प्रसादको जिकिर रहेको छ । संविधानको धारा ७७ को प्रतिकूल हुने गरी मन्त्रिपरिषद् विस्तार गरेको र देशको कार्यकारी प्रमुखले नै संविधानको प्रतिकूल हुने गरी काम गरेकाले देशका लागि गम्भीर असर पर्ने दाबी रिटमा गरिएको छ ।

अझ, पछिल्लो समय एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले अदालतले बैधानिक मान्न सकिदैन भन्दै आदेश जारी गरेको महाधिबेशन आयोजक कमिटिको बैठक बोलाएर उदालको आदेशलाई नै चुनौती दिन खोज्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ