Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयस्तो छ तीन दिने वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन अपिल

यस्तो छ तीन दिने वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन अपिल


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा तीनदिनसम्म मेघगर्जन\चट्टयाङ्गसहित भारी वर्षाको पूर्वानुमानसहित सतर्कता अपनाउन अपिल गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय स्थानमा हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरेको हो ।

महाशाखाले आज देश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

२०७८ असार ११ गते (शुक्रबार)
राती समेत देशभर सामान्य देखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित भारी वर्षाको आँकलन गरिएको छ ।

२०७८ असार १२ गते (शनिबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानहरुमा मेघगर्जन-चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश एक-दुई स्थानमा मेघगर्जन-चट्टयाङ्ग सहित भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

२०७८ असार १३ गते (आइतबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ