Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकामचलाउ ओली सरकार : १९ वटा मन्त्रालय ४ मन्त्रीलाई वाडफाँड

कामचलाउ ओली सरकार : १९ वटा मन्त्रालय ४ मन्त्रीलाई वाडफाँड


काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १७ मन्त्री तथा ३ जना राज्यमन्त्रीलाई पदमुक्त गरिदिएको दुई दिनपछि प्रधानमन्त्रीले बाँकी रहेका चारमन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्री ओलीको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी तोक्नुभएको हो ।

नयाँ जिम्मेवारी वाडफाँड अनुसार विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने बसन्तकुमार नेम्वाङले भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । रक्षा र परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्री आफैले राख्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी तोकेको जानकारी दिनुभएको छ ।

यस्तो छ, ओली मन्त्रिपरिषद्को पछिल्लो कार्यविभाजन :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ