Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको सुनुवाइ, आउँला त अन्तरिम आदेश ?

आज मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको सुनुवाइ, आउँला त अन्तरिम आदेश ?


काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्चले आज दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । छलफलपछि आजै फैशला आउने आँकलन गरिएको छ ।

सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपीशर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ । गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गर्नुभएको थियो ।

कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ