Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपानी र हावाहुरीसँगै घट्यो नेपालको वायु प्रदूषण

पानी र हावाहुरीसँगै घट्यो नेपालको वायु प्रदूषण


काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित परेको पानीले वायु प्रदूषण घटाएको छ । गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएसँगै हानिकारक अवस्थामा पुगेको वायु प्रदूषणमा सुधार देखिएको हो ।

वायु प्रदूषण मापन गर्ने आइक्युएअरका अनुसार काठमाडौँको एक्यूआई शनिबार बिहान १ सय ५२ मापन गरिएको थियो । विश्वव्यापी सूचकांकमा शनिबार बिहान आठौँ स्थानमा रहेको नेपाल थप प्रदुषण घटेर साँझपख १२ औँ स्थानमा पुगेको छ । साँझपखको एक्यूआई ९३ रहेको छ जुन सुधारिएको अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर शनिबार बिहानसम्म अस्वस्थ अवस्थामा झरेको थियो । अहिले यो अवस्थामा समेत सुधार देखिएको छ ।

वायु प्रदूषण बढेको समयमा बृद्धबृद्धा, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूमा केही स्वास्थ्य समस्या बढेको पाइएको थियो । नाक पोल्ने, आँखा पोल्ने लगायतका समस्याको सबैले अनुभवन गरेका थिए । केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४ सय ७० एक्यूआई सम्म पुगेको थियो ।

विश्वव्यापी सूचकांकमा अहिले चिनको बेइजिङ शहर विश्वकै प्रदूषित शहर बनेको छ । यहाँको एक्युआई १ सय ६५ रहेको छ । दोश्रोमा बंगलादेशको राजधानी ढाका र तेश्रोमा भीयतनामको होनाई रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ