Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखोप आपूर्ति नभएसँगै नेपालको कोरोनाविरुद्धको खोप अभियान रोकियो

खोप आपूर्ति नभएसँगै नेपालको कोरोनाविरुद्धको खोप अभियान रोकियो


काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप पर्याप्त मात्रामा आयात गर्न नसक्दा खोप अभियान प्रभावित भएको छ । आवश्यकता अनुसारको खोप उपलव्ध नभएपछि अभियान रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ४ गतेदेखि ६० वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने योजना बनाएर खोप अभियान चल्दैआएको थियो । यसको केही दिनमै ५५ बर्ष माथिकालाई खोप सुरु गर्ने भनिएपनि खोप आउने टुङ्गो नभएपछि सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । रोकिएको खोप अभियान आउँदो वैशाखदेखि पुनः सुरु हुने बताइएको छ । ‘वैशाखमा ५५ वर्षमाथिका नगरिक र पहिलो चरणको खोप अभियानका सहभागी भएका व्यक्तिलाई दोस्रो डोज दिइने छ ।’ कोभिड भ्याक्सिन सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रतीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले अउने वैशाख ७ गतेदेखि पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज दिने योजना बनाएको छ ।

पहिलो चरणअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सञ्चारकर्मीहरुलाई लगाइएको थियो । फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएर दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सुरु गर्नुभएको थियो । सरकारले अनुदान पाएको १० लाख डोज, खरिद गरेको २० लाख मध्ये नेपाल पुगेको १० लाख डोज, र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार गरि जम्मा २३ लाख ४८ हजार खोपले नेपालमा कोरोनाविरुद्धको खोप अभियान चल्दैआएको थियो । अहिलेसम्म नेपालमा करिब २० लाखले कोरोनाविरुद्धको खोप लगाएका छन भने धेरै नागरिक अझै खोपको प्रतिक्षामा रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ