Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोभ्याक्स सुविधाअन्तर्गत नेपाल आइपुग्यो पहिलो चरणको ३ लाख ४८ हजार डोज कोरोना खोप

कोभ्याक्स सुविधाअन्तर्गत नेपाल आइपुग्यो पहिलो चरणको ३ लाख ४८ हजार डोज कोरोना खोप


काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान मार्फत खोप नेपाल ल्याइएको हो ।

शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणको खोप आइतबार नेपाल आइपुग्ने जानकारी दिनुभयो । कोभ्याक्स मार्फत पनि भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै नेपाल आइपुगेको हो । भारतले १० लाख मात्रा कोभिसिल्ड खोप अनुदानमा दिएको अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादनबाट नेपालमा खोप अभियान सुरु गरिएको थियो । पहिलो चरणमा सरकारले जोखिममा रहेका स्वास्थ्यकर्मी, सफाईकर्मी, विभिन्न पेशाकर्मी, सांसद लगायतलाई खोप लगाइएको थियो ।

आइतबारबाट दोश्रो चरण अन्तर्गत हिमाली जिल्लाका १५ जिल्लामा ५५ वर्षमाथीका र बाँकी जिल्लामा ६५ वर्षमाथिका वृद्धवृद्धालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको छ । पहिलो चरणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ