Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाविरुद्धको खोप : भारतले अनुदानमा पठाएको खोप दुई साताभित्र लगाइदै

नेपालमा कोरोनाविरुद्धको खोप : भारतले अनुदानमा पठाएको खोप दुई साताभित्र लगाइदै


काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ । भारतले बुधबार संयुक्त पत्रकार सम्मेलनका क्रममा नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई अनुदानमा दिन लागेको हो ।

स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जानकारी दिएको छ । विमानस्थलमै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने बताइएको छ । ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरेर विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइने जानकारी दिइएको छ ।

१० लाख कोरोना खोपको वितरण यसरी हुँदै
तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने गरी मन्त्रालयले तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा. झलक शर्माले १० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिनुभयो । खोप लगाउँदा जोखिम समूहमा रहेका अग्र मोर्चामा खटिनेहरुलाई प्राथमिकतामा राखिने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ